Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

खाडीको पीडा र महामहिमहरुको ओमनको जमघट



mahesh-shrestha

महेश श्रेष्ठ,साउदी अरब

अन्तर्राष्ट्रिय संयोजक (नेपाली साझा मंच)

अरबका जेलहरुमा वर्षौदेखि कानुनी उपचारको अभावमा सयौं नेपालीहरु भित्ता कोरेर अन्यायपूर्ण पीडा भोगिरहेका छन् । उनीहरुलाई कानुनी परार्मश र उपचारको सेवा उपलब्ध गराउन नेपाल सरकारले खाडी मुलुकहरुको सबै राजदुतावासमा वकिलको व्यवस्था गर्न सक्दैन भने जसरी राजदुतवास खोल्न नसक्दा नजिकको मुलुकमा भएको राजदुतावासबाट हेर्ने व्यवस्था गरिएको थियो त्यसैगरी खाडी मुलुकका राष्ट्रमा रहेका पीडित नेपालीहरुलाई कानुनी सेवा दिलाउन तत्काल वकिलहरुको समुहको व्यवस्था गर्न सरकारसंग सुझाव राखियोस् । हाम्रा नेपालीहरु अन्याय भोगेरै विदेशी जेलमा मरिरहेका छन्, महामहिम ज्यूहरु यस कुराले तपाईहरुलाई छोवोस् ।

मंगलबार २६ तारिख सेप्टेम्बरका दिन ओमनमा खाडी राष्ट्रमा रहेका नेपाली राजदुतहरुको जमघट भई रहेको छ र यस जमघटलाई थप रौनकता थप्न प्रधानमन्त्री, उपप्रधान तथा परराष्ट्रमन्त्री, श्रम तथा रोजगार मन्त्री लगायतका भिभिआईपिहरुको उपस्थिति छ ।

यस सम्मेलनप्रति खाडी राष्ट्रमा रोजगारमा आएका नेपालीहरुले अत्यन्तै ठूलो अपेक्षा राखेका छन् तर नेपाली परम्परागत कार्यशैलीबाट परिचितहरुका लागि भने यो ओमन जमघट परिचयात्मक गोष्ठि र आफुहरुलाई राजदुत बनाईदिनेहरुको चाकरी–चाप्लुसीमा गर्नमा सीमित हुने अनुमान छ, जो अन्यथा पनि होइन ।

यद्यपि स्वतन्त्र राष्ट्र नेपालका नेपालीहरुलाई मैले किनेर ल्याएको छु भन्दै बिल लिएर राजदुतावासमै नेपाली नागरिकलाई घिसार्न आउने मुलुकका जनताका बीचमा भई रहेको जमघटले “त्यो अपमान र पीडा महशुस गर्छ कि गर्दैन ?” हाम्रो चासो र सरोकारको विषय हो । खाडी मुलुकका राजदुतावासहरुले दिनदिनै भोगिरहेको त्यो व्यवहारको त्यहाँ निराकरण खोजिन्छ कि खोजिन्दैन ? अथवा ओमनी सरकारले दिएको गार्ड अफ अर्नरले खाडी मुलुकमा नेपालीहरुले भोग्नु परिरहेको पीडालाई विर्साउने पो हो कि ? हामी खाडीमा रहे्का प्रवासी नेपालीहरुको चिन्ताको विषय हो ।

ओमन जमघटमा सहभागि महामहिमहरुलाई हामी के स्पष्ट पार्न चाहान्छौ भने हामी नेपालीहरु खाडी मुलुकमा शरर्णाथी भएर आएका होइनौ हामी त खुन–पसिना बगाएर परिश्रमको कमाई गर्न आएका नेपाली नागरिक हौ । हाम्रो परिश्रमको उचित सम्मान गर्ने वातावरण बनाउन छलफल र पहल गरियोस् । हामीलाई दास सरहको व्यवहार गर्नेहरुलाई नै कृतज्ञता जाहेर गर्दै भुईसोरी नमस्कार गर्ने अवस्थामा हाम्रो मुलुकको प्रधानमन्त्री र मन्त्रीहरुलाई नपुराईयोस् । हामी जस्ता मजदुरहरुले काम नगरिदिदा ती अरबीयनहरुको पेटमा अन्नको दान पनि पस्दैन भन्ने हेक्का हाम्रा महामहिमहरुले पनि राखिदियुन र नेपालीहरुको सगरमाथा जस्तो स्वाभिमानलाई झुकाउने व्यवहारको अन्त्य गरुन ।

ओमन सम्मेलनमा अनुभवविहीन राजदुतहरुको सम्मेलन भएको हो भने हामी जस्ता पीडित नेपालीका प्रतिनिधिहरुलाई बोलाईनुथ्यो, हामी फेहरिस्त लगाई दिनेछौ समस्या के हो अनि समाधान के हो भन्ने । कृपया महामहिम ज्यूहरु ‘म भरर्खर आएको छु’ भन्ने बहानाबाजी अब चल्दैन यसतर्फ गम्भिर हुनु होला ।

अरबका जेलहरुमा वर्षौदेखि कानुनी उपचारको अभावमा सयौं नेपालीहरु भित्ता कोरेर अन्यायपूर्ण पीडा भोगिरहेका छन् । उनीहरुलाई कानुनी परार्मश र उपचारको सेवा उपलब्ध गराउन नेपाल सरकारले खाडी मुलुकहरुको सबै राजदुतावासमा वकिलको व्यवस्था गर्न सक्दैन भने जसरी राजदुतवास खोल्न नसक्दा नजिकको मुलुकमा भएको राजदुतावासबाट हेर्ने व्यवस्था गरिएको थियो त्यसैगरी खाडी मुलुकका राष्ट्रमा रहेका पीडित नेपालीहरुलाई कानुनी सेवा दिलाउन तत्काल वकिलहरुको समुहको व्यवस्था गर्न सरकारसंग सुझाव राखियोस् । हाम्रा नेपालीहरु अन्याय भोगेरै विदेशी जेलमा मरिरहेका छन्, महामहिम ज्यूहरु यस कुराले तपाईहरुलाई छोवोस् । कम्तीमा सम्बन्धित राष्ट्रकै कानुन अनुसार भएपनि हामीले न्याय त पाउनु पर्छ नि, हैन र ?

अनि एउटै स्वरमा भनिदिनुस् पूर्व श्रम स्वीकृतिका लागि एकद्वार प्रणाली अवलम्बन गरिनु पर्दछ र पूर्व श्रम स्वीकृति कुटनैतिक नियोग मार्फत मात्रै गरिनु पर्दछ । अनि कम्तीमा खाडी राष्ट्रमा भएका नेपाली कुटनैतिक नियोगहरुका बीचमा समन्वयकारी संयन्त्र निर्माण गर्नु पर्दछ । नेपाली नागरिकहरुलाई ठग्ने दलालहरुले कुनै पनि भेषमा कुनैपनि देशबाट पुनः नेपालीहरुलाई ठग्न नसकुन र उनीहरु उम्कन पनि नसकुन चाहे ती विदेशी हुन् वा नेपाली ।

हाम्रा लागि खाडी मुलुक श्रमको ठुलो बजार त हो तर श्रम शोषणको ठूलो अखडा पनि बनेको छ, यस तथ्यलाई भुल्न हुन्न । खाडी मुलुकले हामीलाई १६ औं शदिमा जसरी दासदासी सरह किनबेच गरिरहेको छ, खाडी मुलुकको रोजगारी हाम्रा लागि गर्वयोग्य छैन, खाडी मुलुकमा रोजगारी बढाउने भन्दा पनि नेपालीहरु स्वतन्त्र राष्ट्रका नागरिक हुन भन्ने अनुभुति दिलाउने कुटनीति अवलम्बन गर्ने सवालतर्फ गम्भिरतापूर्वक महामहिमहरुको ध्यानाकर्षण होस् ।

हामीले भोगिरहेका समस्याको फेहेरिस्त लगाउने भन्दा पनि खाडी मुलुक मध्ये पनि बढी समस्याग्रस्त साउदी अरब जस्ता मुलुकमा नेपाल सरकारले थप नयाँ कामदार पठाउन रोक लगाउनु पर्ने र त्यहाँ भएका नेपालीहरुलाई व्यवस्थित गराउने तर्फ पहल गर्न जोडदिनुमा बुद्धिमानी हुनेछ ।

अहिले साउदी अरब जस्ता मुलुकमा कामदारहरुको महिनैपिच्छे तलब कटौती गर्दै वेवारिसे बनाउने प्रवृत्ति दिनानुदिन बढ्दो छ । त्यहाँका लेबरकोर्ट र अदालतले गरेका निर्णयहरु कार्यान्वयन हुन सकेका छैनन् । न्यायिक प्रक्रियामा लाग्ने समयलाई पर्खन सक्ने अवस्था नभएर पाउनुपर्ने पारिश्रमिक पनि छाडेर ‘रिन लिएर आएको नेपाली नागरिकले रिन नै लिएर नै स्वदेश फर्कनु परिरहेको छ ।’ यस्तो रोजगारी हामी नेपालीहरुका लागि के काम ? अर्को तर्फ पारिश्रमिक नदिई फर्काउन पल्केका कम्पनीहरुले दिनहुँ अनेक नयाँ कम्पनीका नाममा नेपाली नागरिकहरुलाई फसाई रहेका छन् । शोषण र पीडाको अनन्तः श्रृखंला बनिरहेको छ, यसको अन्त्य महामहिमहरुको सम्मेलनले खुट्याउनै पर्दछ ।

अर्कोतर्फ नेपाली महिलाहरुलाई वैदेशिक रोजगारीका नाममा सिधासिधी अरबियनहरुलाई विक्री गरिरहेको अवस्था छ, खाडी मुलुकका हरेक राजदुतावास यसबाट बेखबर छैन । उनीहरु पीडित महिलाहरुलाई आश्वस्त तुल्याएर दलाललाई कार्वाही गराउन सक्षम छैनन् । बरु चन्दा सहयोग उठाएर शरणमा आएका पीडित महिलाहरुलाई उद्धारका नाममा नेपाल पठाईदिन्छन्, अहिलेसम्मको बहादुरी त्यति नै हो । यो त अत्यन्तै शर्मनाक अवस्था हो नि, हैन र ? यो शर्मनाक अवस्थाको निराकरण बेचिएका चेलीहरुको देश ओमनमा सम्मेलन सहभागि भएका महामहिमहरुले खोज्न जरुरी छ । समस्याको निराकरण खोज्न नसक्ने हो भने महामहिमहरुले ‘अबय’ पहिरिएर कार्यस्थलमा फर्कुन्, एक एक जोडा प्रधानमन्त्री र मन्त्री ज्यूहरुलाई पनि उपहार पठाई दिउन् किन कि अरबमा नेपाली चेलीहरुको आँशुको बाढी बगेको दसकौ भईसकेको छ ।

नेपाल अन्तर्राष्ट्रि श्रम संगठन आईएलओमा सन १९६७ मै आबद्ध राष्ट्र हो, आफ्ना नागरिकहरु वैदेशिक रोजगारमा रहेकै कारण उनीहरुले स्वतन्त्रता गुमाउनु पर्ने र शोषित हुनु पर्ने सवालमा राज्यको मौनता रहिरहनु आपत्तिजनक छ । यस विषयमा प्रधान मन्त्री, परर्राष्ट्र मन्त्री र श्रम तथा रोजगार मन्त्रीको ध्यानाकर्षण गराएर कम्तीमा खाडी मुलुकमा श्रमिकका रुपमा रहेका नेपालीहरुको मानवाधिकारको समस्या निराकरण र आईएलओले निर्धारण गरेका श्रमिक हितका कतिपय सवाललाई अन्तर्राष्ट्रिय रुपमा उठाउनका लागि गल्फ (खाडी) स्तरीय ट्रेड युनियनहरुको एक समन्वयकारी समिति निर्माण गर्न जरुरी छ, त्यो गठन गर्ने तर्फ ध्यानाकर्षण होस् ।

त्यसैगरी विभिन्न आरोपमा खाडी मुलुक अनि मलेसिया लगायतका विभिन्न राष्ट्रमा नेपाली नागरिकहरुले वैदेशिक रोजगारका नाममा शोषित पीडित हुनुका साथै अनाहाकमा जेलका सजाय भोगिरहेका छन् । यस सन्दर्भमा वैदेशिक रोजगार र विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकहरुलाई कानुनी सहयोग र उपचार दिलाउनका निम्ति महान्यायाधिवक्ताको मातहतमा सरकारी वकिलहरुकै एक निकाय परिचालन गर्न जरुरी छ । राज्यको दायित्व हो नागरिकहरुलाई सुरक्षा र अभिभावकत्वको महशुस गराउनु । यस तर्फ राज्य गम्भिर छ भन्ने अनुभुति प्रधान मन्त्री ज्यूको सम्बोधनले समेटोस् र कार्यान्वयनमा आएको हेर्न पाईयोस् ।

अर्कोतर्फ वैदेशिक रोजगारका नाममा भई रहेको बेचबिखनलाई रोक्न, पीडकहरुलाई सजाय अनि पीडितहरुलाई न्याय दिलाउनका लागि छुट्टै आयोग नै निर्माण गरिनुपर्ने आवश्यकता छ । वैदेशिक रोजगार विभाग र कन्सुलर सेवा विभागले गरेको आजका मितिसम्मको न्यायिक र कार्यान्वयन पक्षलाई विश्लेषण गर्दा असफल भईसकेका छन् । अब छुट्टै वैदेशिक रोजगार न्यायिक आयोग बनाउन आवश्यक छ । यसतर्फ बहश हैन सरकारले कार्यान्वयन तर्फ लाग्नु जरुरी छ किन कि वैदेशिक रोजगारीका क्रममा पीडित हुनेहरुको संख्या लाखौं भईसकेको छ ।

अरबियन मुलुकको खजुरको गुलियो, घावाको प्यालाको मदमस्तिमा अनि खाप्साको स्वादमा भुलेर हाम्रा महामहिमहरु तेलले मात्तिएका अरबीहरुका समक्ष निगुरमुन्टि ‘न’ हुँदै आईरहेका आईरहेका छन्, हाम्रा भिभिआईपिहरुलाई खाडीको रोजगारी अपमानसंग साटिएका दिनार र रियाल हुन भनेर यथार्थ ब्रिफिंग गर्न सक्छन् कि सक्दैनन् ? हामी बेचिएका र ठगिएका नेपालीहरु चिन्तित छौ ।

संक्षेपमा भन्दा महामहिमहरु र भिभिआईपिहरुको सहभागिता हुने ओमन सम्मेलन नेपालीहरुलाई खाडी मुलुकमा स्वतन्त्र राष्ट्रको नागरिक हुन् भन्ने पहिचान दिने विषयमा गम्भिर होस् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको