Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

नबिल बैंक सर्वोतकृष्ट व्यवस्थित वाणिज्य बैंक घोषित



best-managed-commercial-bank_winner_Nabil-Bank

नबिल बैंंक “चौथोे न्यूबिज बिजनेश कन्क्लेभ अवार्ड २०१७” मा “सर्वोतकृष्ट व्यवस्थित वाणिज्य बैंक –२०१७”बाट सम्मानित भएको छ । सेप्टेम्बर २२, २०१७ मा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर बिजयनाथ भट्टराईले राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई सो पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । न्यूबिज बिजनेश कन्क्लेभ अवार्ड नेपालको एक अत्यन्त प्रतिष्ठित बिजनेश अवार्ड हो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतले भन्नुभयो “ प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको लागि अत्यन्त गौरवको विषय हो र यस सम्मानबाट सम्मानित हुनु बैंकले विषम आर्थिक तथा बजार अस्थिरताका बावजुद प्राप्त गरेको उत्कृष्ट सफलता साथै बैंकले अबलम्बन गरेका विवेकशिल अभ्यासहरु र आफ्ना सरोकारवाला र्निदिष्ट सोचहरुको सहि मुल्याङ्कनको स्पष्ट प्रमाण हो ।”

नबिल बैंकले आर्थिक बर्ष २०७३/७४ मा बैंकिङ उद्योगमै रु.३ अरब ६१ करोड उच्चतम मुनाफा गर्न सफल भएको र शेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति शेयर आम्दानी रु.५८.४१ का साथ आफ्नो वासलात विस्तार गर्दै रु. १ खरब ४० अरब पु¥याएको छ । गत आर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांशको घोषणा गरेको छ । बैंकको साधारण सभा यहि २०७४/६/१० गतेका लागि तय भएको बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

संगम संगीत,महालक्ष्मी न.पा- ४ चानुवा,धनकुटा । नेपालीहरुको अस्तित्वनै धरापमा राखेर हाम्रा खोलानाला,नदीलाई बिदेशीको सामु