back

सिटिजन्सको साधारणसभाबाट १६ दशमलव ८५ प्रतिशत लाभांश पारित

वि.सं.२०७४ असोज १० मंगलवार

666 

shares
IME Limited
NTC AD

citizens bankसाउन ९ गते सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आफ्नो एघारांै वार्षिक साधारण सभा बालकृष्ण प्रसाईको अध्यक्षतामा राजधानीको अमृतभोग कम्प्लेक्समा सम्पन्न भयो । यस अवसरमा २०७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३/७४ को नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगद प्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई करीब १६ दशमलव ८५ प्रतिशत बोनस शेयर तथा नगद लाभांश दिने भएको छ । यस आर्थिक वर्ष २०७३/७४ को अन्त्यमा बैकको चुक्ता पूँजी रु ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार कायम रहेको छ । प्रस्तावित १६ प्रतिशत बोनस शेयरवितरण पश्चात् बैंकको चुक्तापूँजी रु ८ अर्ब २ करोड ९१ लाख ६० हजार कायम रहने छ ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकले आर्जन गरेको संचित मुनाफाबाट बैंकको हालको चुक्तापुँजीको १६ प्रतिशत अर्थात् रु १,१०,७४,७०,३४६।(बोनस शेयर तथा सोको लागि आवश्यक करको निम्ति हालको चुक्तापुजीँको करीब ०.८५ प्रतिशत अर्थात् रु ५,८२,८७,९१३ नगद लाभांश एघारांै साधारण सभाले पारित गरेको छ । उक्त साधारण सभा बाट प्रकाशचन्द्र मैनाली र श्री विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालक समितिको सदस्यमा निर्विरोध निर्र्वा्चित हुनुभएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभाबहरुलाई देशभरी फैलिएका यस बैंकको ६२ वटा शाखा, ६१ वटा ए.टि.एम. काउन्टर र९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ.। साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदैँ भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराउनु भयो । साथै शेयर धनी तथा बैंकसँग सम्बन्धित अन्य महानुभावहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै भविष्यमा समेत सहयोग प्राप्त हुनेमा आशा प्रकट गर्नुभयो ।

वि.सं.२०७४ असोज १० मंगलवार ०८:१५ मा प्रकाशित

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

स्याङ्जा । फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण...

पर्यटक लोभ्याउँदै भुजुङ

पर्यटक लोभ्याउँदै भुजुङ

गण्डकी । ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका...

रैथाने धान लगाउने किसानलाई अनुदान

रैथाने धान लगाउने किसानलाई अनुदान

बलेवा (बागलुङ) । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

भेडापालक किसानलाई गोठालो भत्ता

भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका...