Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए जापानका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान



new-karya-samiti-ko-samanकुमारबज्र, टोकियो
टोकियोको ओचुका स्थित काठमाडौं पार्टी पालेस मरुमा गत आईतवार वर्ल्ड नेवा अर्गनाईजेशन जापानले हालै मात्र संपन्न भएको एनआरएनए जापानका नवनिर्वाचित एनआरएर्न जापानकी महिला उपाध्यक्ष अनिता गुरुङ, महिला संयोजक सबिता श्रेष्ठ, कोषाध्यक्ष कालिका थापा सदस्यहरु राजन पौडेल, नारायण खड्का र लालबहादुर रावल खादा लगाई स्वागत तथा कार्यकालको सफलताको कामना गर्दै सम्मान गरिएको थियो ।

संस्थाका प्रतिनिधि ईन्दिरा सुजुकीले स्वागत गर्नु भएको कार्यक्रममा डब्लु ओएन जापानका प्रतिनिधि जनकराज शाक्यले स्वागत मन्तब्य राख्नुभएको थियो ।

संगठनका संयोजक सुनिलकुमार शाक्यले सफल कार्यकालको कामना गर्दै नेपालमा पनि जापानमा जस्तै इलेक्ट्रिकल, सिकर्मी, डकर्मी, प्लम्बरको आवस्यकता परेको खण्डमा सम्पर्क गर्ने हटलाईनको व्यवस्था एनआरएनए जापानले पहल गरेमा वर्ल्ड नेवा अर्गनाईजेशन जापान हातेमालो गर्न तयार रहेको कुरा बताउनुभएको थियो । उक्त अभियान संचालन गर्न सकेमा नेपाल भित्रै रोजगारको सृजना भइ युवा पिढीले नेपालमै धेरै काम पाउन सकिने कुरा बताउनु भयो ।

एनआरएनए जापानका नवनिर्वाचित पदाधिकारीहरु तथा उपस्थित संस्थाका प्रतिनिधिहरुले आ–आफ्नो मन्तब्य व्यक्त गरिएको थियो । उक्त कार्यक्रममा एन आर एन जापानकी कान्तो महिला प्रतिनिधि सुनिता श्रेष्ठ पनि उपस्थित हुन भएको थियो ।

त्यस्तै अक्टोबर १३ शुक्रवार बिहान ८ बजे काठमाडौको, नेपा ब्याङ्केटमा गैरआवासीय नेपाली संघको आठौँविश्व सम्मेलन काठमान्दौंमा भाग लिन आउनु हुने सम्पूर्ण नेवारहरुलाई काठमाडौंमा भब्य स्वागत गर्ने कार्यक्रम भएको हुनाले एनआरएनए जापानका नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई उपस्थितको लागि हार्दिक निमन्त्रणा पनि गर्नु भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा ब्यांचा दाई (जापानिज) रहनुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ । आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ