११ असोज, धुलिखेल । बनेपा नगरपालिका–७ जगन्नाथ मार्गस्थित चण्डेश्वरी खोलामा पुल बनेपछि स्थानीयवासीमा खुशी छाएको छ
खोलामा पुनः नबन्दा स्थानीयवासीलाई आवतजावतमा समस्या थियो । संसदीय विकास कोषको आर्थिक वर्ष २०७३÷७४ बाट सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले रु १५ लाख सहयोग गरेपछि पुल निर्माण सम्पन्न भएको हो ।
स्थानीय जगन्नाथ मार्ग नगर विकास समितिको अगुवाइमा निर्माण सम्पन्न भएको यो पुलको मंगलबार सांसद बादे श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
संसदीय विकास कोषबाट यस आर्थिक वर्षमा मात्रै बनेपा नगरभित्रमा रु दुई करोड ६० लाखको बजेट विनियोजन गरी काम भइरहेको उहाँ बताउनुहुन्छ ।