Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

निर्माणाधीन सेफ्टी ट्याकमा निसासिएर तीनको मृत्युु



१२ असोज, रौतहट । यमुुनामाई गाँउपालिकाकोे एउटा निर्माणाधीन सेफ्टी ट्याकमा निसासिएर बुधबार तीन जनाको मृत्युु भएको छ ।

यमुुनामाई गाँउपालिका¬–१ शुकदेव चौकस्थित वकिल बैठाको निर्माणाधीन ट्याकमा दुुई मजदुर र घरधनीको छोरोको निसासिएर मृत्युु भएको प्रहरीले जनाएको छ ।

मृत्युु हुुनेमा देवाही गोनाही नपा–२ का ३० वर्षीय नागेश्वर माझी, परोहा–१ का ३१ वर्षीय विजय बैठा र घरधनीका छोरो ३० वर्षीय मुुना बैठा रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी दिनुुभयो ।

प्रहरी निरीक्षक रेग्मीका अनुुसार बुधबार दिउँसो करिब १२ बजे निर्माणाधीन ट्याकीको सेन्टिङ भित्रबाट खोल्न जाँदा पहिले दुुईजना मजदुुरको निसासिएर ज्यान गएको थियो ।

केही समयपछि ट्याकीभित्र हेर्न गएका घरधनीको छोराको मृत्युु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुमान रहेको छ । मृतकका शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन ट्याकी करिब १२ फिट गहिरो रहेको बताइन्छ । घटनापछि अवस्था हेर्न छिरेका एकजना प्रहरी जवान समेतको अवस्था नाजुुक भएपछि डोजरबाट ट्याकी फोडेर मृतकलाई बाहिर निकालिएको प्रहरी निरीक्षक रेग्मीले बताउनुुभयो ।

प्रहरी जवानको उपचार पछि अवस्था ठीक भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू