Logo
१६ माघ २०७९, सोमबार
     Mon Jan 30 2023
E-paper
  English Edition
   Unicode
Logo

वीरगन्ज मनपाको प्रमुखमा फोरम र उपप्रमुखमा काँग्रेस विजयी



१२ असोज, पर्सा । वीरगन्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

बुधबार अपराह्न सम्पन्न भएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रमुख पदमा फोरमका उम्मेदवार विजय कुमार सरावगी १९ हजार ३९३ मत हासिल गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अजय कुमार द्विवेदीले १७ हजार १९७ मत हासिल गरेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो ।

महानगरपालिकाको उपप्रमुखमा काँग्रेसका शान्ति कार्की १९ हजार ६०७ मत हासिल गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरमका पिन्की यादवले १८ हजार ५३० मत हासिल गरेका छन् ।

वीरगन्ज महानगरपालिकाको ३२ वडामध्ये फोरम १२, काँग्रेस १०, नेकपा एमाले ५, राजपा नेपाल ३, नेकपा माओवादी केन्द्र र फोरम लोकतान्त्रिक १÷१ स्थानमा वडा अध्यक्षमा निर्वाचत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह तेस्रो चरण निर्वाचनका लागि असोज २ गते भएको मतदानमा वीरगन्ज महानगरपालिकामा ८४ हजार १६० मत खसेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेको नागरिकता मात्रै बदर भएन, सांसद पद, गृहमन्त्री

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौं । राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनभित्र किचलो सुरु भएको छ । गठबन्धनको मुख्य

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा