Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

  बाढीपीडितलाई छोएन दशैँले



१२ असोज, उर्लाबारी, मोरङ ।  मोरङ, मिक्लाजुङ–६ की नरमाया अधिकारी विगत एक वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनभित्र टहरा बनाएर बस्दै आउनुभएको छ ।

नरमायामात्र हैन नुनसरी बक्राहा खोलाले घरबारविहीन दुई दर्जनभन्दा बढी घरपरिवार सो स्थानमा टहरा बनाएर बस्दै आएका छन् । नरमायाले गहभरि आँसु झार्दै भन्नुभयो, “दशँै लाग्यो, छोराछोरी नातिनातिना हामीलाई लुगा खोई रु भन्दै रुन्छन्, मिठोमिठो चिज चाइयो भन्छन्, हामीले कहाँबाट ल्याउने, कहाँबाट खुवाउने रु” बस्ने ठाउँको टुंगो नहुँदा दशैँको जमरासमेत राख्न नसकेको नरमायाले सुनाउनुभयो ।

नेपालीको महान चाड वडादशैँको माहोल सबैतिर छाइरहँदा बक्राहा पीडित ती परिवारलाई दशैँ र तिहारको भन्दा पनि बासस्थानकै चिन्ता छ । सो ठाउँमा नरमाया जस्तै दुई दर्जन घरपरिवारको दुःख र पीडा उस्तै छ ।

बक्राहा खोलाले जमिनसँगै घरसमेत बगाएपछि सो वडाका दुई दर्जन घर परिवार विगत एक वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनमा टहरा बनाएर बस्दै आएका छन् । नेपालीको महान् चाड दशैँको सबैतिर रमझम छाइरहँदा सो टहरामा बस्दै आउनुभएका मानबहादुर गोलेले भने दशैँको उत्साह नभएको बताउनुभयो ।

खोलाले घर बगाइहाल्यो गोलेले भन्नुभयो, “मनभरि पीडा बोकेर दशैँ मनाउन के मन लाग्ला र रु” बक्राहामा गत वर्ष आएको बाढीले १३० बिगाहाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ भने दुई दर्जन परिवारलाई जंगलको बास बनाइदिएको छ ।

बाढीले घर डुबायो, दिनरात छाडा पशु र जंगली जनावरको त्रास बोकेर ज्यान जोगाउन ती परिवार जंगलमा बसेका छन् । तर पनि दशैँ जस्तो चाडमा ऋण खोजेर भए पनि मनाउने धोको छ, कमानसिंह चौलागाईंको । उहाँले भन्नुभयो, “ऋण काडेर भएपनि पर गाउँमा तीन केजी मासु खोजेको छु, दुईजना ज्वाइँ आउनुहुन्छ, उहाँहरुलाई निधारमा टीका र कानमा जमरा त लगाइदिनै प¥यो ।”

सोही ठाउँमा टहरा बनाएर बस्दै आउनुभएकी प्रितिमाया गोले भने यस वर्ष अरुले दिएको पुरानै कपडा लगाएर भएपनि दशैँ कटाउने योजना रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नयाँ लुगा त पैसा भए पो लाउनु, अरुले दिएको पुरानो कपडा लगाउनुपर्ला जस्तो छ ।”

सो गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले यस वर्षको दशैँमा बाढीबाट विस्थापित भएकाका लागि सहयोग गर्न नसकिएको बताउनुभयो । दैवीप्रकोप उद्धार समिति, मोरङमा बजेट माग गरिए पनि उपलब्ध हुन नसकेका कारण बाढीबाट विस्थापितलाई दशैँ जस्तो चाडपर्वमा समेत सहयोग गर्न नसकेको उहाँले बताउनुभयो ।

नुनसरी बक्राहा खोला बस्तीको सतहभन्दा अग्लो बनेको छ । चुरे क्षेत्रबाट बगाएर ल्याएको लेदो, ढुंगा, गिट्टीका कारण खोलाको भाग अग्लो भई बस्ती बगाएको हो । खोलाको भाग बस्तीको भन्दा समग्रमा डेढ मिटर अग्लो छ । गुरुयोजना बनाएरै खोलाको तटबन्ध गर्न सकेमात्र बाढी नियन्त्रणमा आउने देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा