back

चाडपर्वको मुखमा जंगली हात्तीको त्रास

वि.सं.२०७४ असोज १२ बिहीवार

618 

shares

elephant१२ असोज, बनियानी, झापा  । यहाँका जंगलमा रहेका रैथाने जंगली हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा बस्न बाध्य भएका छन् ।

मध्यरातमा निस्किएर हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् ।

भद्रपुर नगरपालिकास्थित साबिक पृथ्वीनगर–१ र २ मा हात्तीले स्थानीयवासीको अन्नबाली खानुका साथै घरसमेत भत्काइदिएको छ । रातको समयमा आहारा खोजीमा निस्किएर हात्तीले क्षति पु¥याउने गरेको स्थानीयवासी खड्गबहादुर कार्कीले बताउनुभयो ।

“बिहान ३ बजे गाउँमा आएको हात्तीले मेरो घर भत्काइदियो”, पीडित कार्कीले भन्नुभयो, “घरभित्र तीनवर्षे नानी थियो, धन्न केही भएन ।” केही दिनअघि हात्तीले अरुण शेर्पा, श्रीप्रसाद प्रधान, सलबहादुर भट्टराई, मिश्र माइला, रुद्र श्रेष्ठ र सूर्यबहादुर तामाङको खेतमा लगाइएको धान नष्ट गरेको छ ।

त्यस्तै, हात्तीले हुमलाल अधिकारीको सिमल तरुल खाइदिएको छ भने मोक्क्ष निरौलाको धानको भकारीबाट धान नष्ट गरेको छ । दिनहुँजसो हात्ती निस्किन थालेपछि स्थानीयवासी त्रसित बनेको छन् । हात्ती धपाउन स्थानीयवासीले रात्रि गस्तीसमेत गर्दै आइरहेको स्थानीयवासी सूर्य तामाङले बताउनुभयो ।

जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जिल्लाको पृथ्वीनगर, चारआली, बाहुनडाँगी लगायतका जंगलमा रहेका १२÷१३ वटा रैथाने हात्तीले क्षति पु¥याउँदै आएको बताउनुभयो । उहाँले जंगली हात्ती नियन्त्रणका लागि बजेटसमेत आएको बताउँदै नियन्त्रणका लागि विद्युतीय तारबार र हात्तीको जैविक मार्ग निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

वि.सं.२०७४ असोज १२ बिहीवार ११:१२ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...