१३ असोज, पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कृष्णप्रसाद पराजुलीको बिहिबार असामयिक निधन भएको छ ।
विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका ५४ वर्षीय पराजुलीको पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित आप्mनै निवासमा निधन भएको हो ।
जण्डिस रोगका कारण कलेजो र फोक्सोको समस्याले ग्रसित हुनुभएका पराजुली केही दिनअघि काठमाडौँबाट उपचार गरी घरमै आराम गरिरहनुभएको थियो ।
पत्रकार पराजुलीको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जनशत्ता पत्रिकाबाट पत्रकारिताको शुरुवात गर्नुभएका पराजुलीले कमाण्डर, हिमदूत, कास्की अभियान, पोख्रेली अभियान दैनिकलगायतका पत्रपत्रिकामा काम गर्नुभएको थियो ।
प्रेस युनियनका केन्द्रीय पार्षदसमेत रहनुभएका उहाँका दुई श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । पराजुलीको आजै सेतीनदीस्थित तुल्सिघाटमा अन्त्यष्टि गरियो ।