१३ असोज , रामपुर (पाल्पा)। रामपुरमा जीप र मोटरसाइकल ठोक्किँदा बिहीबार एकको मृत्यु भएको छ ।
साँझ करिब ७ बजे रामपुर नगरपालिका–४ इस्लामपुर नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रामपुर–४ बडवान बस्ने अन्दाजी २५ वर्षीय सुरज सेनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय सुनिल थापा घाइते भएकामा रामपुर अस्पतालमा उपचार भइरहेको छ । पूर्वबाट पश्चितर्फ आइरहेको ग १ ज ५०५२ नंको जिप र विपरीत दिशाबाट जाँदै गरेको ग ८ प ८९८६ नंको मोटरसाइकल तीव्र गतिका कारण ठोकिएका थिए ।
वि.सं.२०७४ असोज १३ शुक्रवार ०५:१९ मा प्रकाशित


























