१५ असोज, धनगढी । वडा दशैंको उपलक्ष्यमा कैलाली जिल्ला कारागार शाखाबाट ४० प्रतिशत कैद भुक्तान गरेका ११ कैदीलाई बाँकी कैद मिनाहा गरी मुक्त गरिएको छ ।
असल चालचलन देखाएकाले सरकारको निर्णयअनुसार ११ कैदीको बाँकी कैद मिनाह गरी मुक्त गरिएको कारागार शाखाका प्रमुख पुष्कर खड्काले बताउनुभयो ।
कैद मुक्त हुनेमा कर्तव्य ज्यान मुद्दाका चार, सवारी ज्यान मुद्दाका दुईजना, बहुबिवाह मुद्दाका दुई र डाँका चोरी, चोरी र आगो लगाएको मुद्दाका एक÷एक जना रहेका छन् ।
वि.सं.२०७४ असोज १५ आइतवार ०२:५० मा प्रकाशित