Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

  हिन्दू र इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व मनाउँदै



१५ असोज, कपिलवस्तु ।   हिन्दू र इस्लाम धर्मावलम्बीको साझा पर्वका रुपमा मोहर्रम पर्व स्थापित हँुदै गएको छ ।

आफूले मागेको हरेक इच्छा–चाहना पूरा भएपछि मोहरम पर्वको रौनक बढ्दै गएको छ । इस्लामी पात्रोअनुसार हिजरी संवत् १४३९ को यो मोहर्रम महिना हो । हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि शुरु हुने मोहर्रम पर्व १० तारिखसम्म मनाइन्छ । मुसलमान धर्मावलम्बीले इद, बकर इद र मोहर्रमको दशमीलाई धुमधामका साथ मनाउने चलन रहिआएको छ । हजरत मोहम्मदका नाति हसन र हुसैन शहीद भएको सम्झनामा मुुसलमानर हिन्दूले यो पर्व मनाउँदै आएका छन् ।

मुसलमान समुदायको पर्व भए पनि यहाँका हिन्दू समुदायले पनि उत्तिकै महत्व र श्रद्धाका साथ यो पर्व मनाउने गर्छन् । आफूले भाकल गरेको पूरा भएपछि मोहर्रम पर्व मनाउन लागेको कृष्णनगरका रामप्रसाद यादवले बताउनुभयो । पछिल्लो समय मोहर्रम पर्व सद्भावको पर्वका रुपमा स्थापित हुँदै गएको छ । कागजको ताहजिया बनाएर ढोल, तासा र झाज बजाउने चलन रहेको छ ।

इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत ( स्वर्ग) पु¥याउन गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी कर्रवला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउँदै आएको मौलना कमरुदिन सिद्धिकीले बताउनुभयो ।
कुरानअनुसार हुसैनकी आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकाले नवाज पढ्ने समयमा सधैँ हुसेन रोइरहेपछि फरिस्ताले अल्लाहले आग्रहमा नवाज सुन्न बाधा नपरोस् भनी जन्नत घुमाउँदासमेत हुसेन रुन नछाडेपछि अल्लाहले ‘तिमी किन रोइरहेको’ भनी प्रश्न गर्नुभयो ।

हुसैनले हर्जरत मोहम्मदका उम्मद (अनुयायी) सीधै जन्नत जान पाऊन् भनी माग गरेपछि अल्लाहले ‘तिमी कर्रवला बग्दादमा शहीद हुन तयार छौ भने मात्र म तिम्रो इच्छा पूरा गर्नेछु’ भनी वाचा गरेपछि मोहर्रमको नवमीको रात हुसैनको कतल गरी मोरम दशमीको दिन शहीद भएको सम्झनामा यो पर्व मनाइन्छ । हुसैन शहीद भएको दिनदेखि संसारभरि इस्लाम धर्म फैलिएको बताइन्छ ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन