back

लोपोन्मुख कृष्णसारलाई कुपोषण बाट जोगाउन पोषणयुक्त आहार

वि.सं.२०७४ असोज १५ आइतवार

783 

shares

krisna१५ असोज, कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित लोपोन्मुख प्रजातिको कृष्णसारलाई कुपोषण बाट जोगाउनका लागि प्रति दिन पोषणयुक्त आहार खुवाउने गरिएको छ ।

कृष्णसारलाई चोकर, पशुआहार, चना, मटमास लगायतका पोषणयुक्त आहार प्रति दिन पन्ध्र किलोका दरले खुवाउने गरिएको छ ।
पोषणयुक्त आहार संगै मिनरल्स र आन्तरिक परिजिवीको संक्रमणबाट जोगाउनका लागि तीन तीन महिनामा जुकाको औषधि खुवाउदै आएको कृष्णसारको उपचारमा संलग्न पशु प्राविधिक धनिराम चौधरीले बताउनु भयो ।
बाह्य हिंसक वन्यजन्तु बाट जोगाउनका लागि बनाईएका ग्याविन बक्समा कृष्णसारलाई चर्नका लागि मसुरो, गहुँ, मकै, अरहर छर्नुका साथै किम्बुका विरुवा रोप्ने गरिएको छ ।
चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकोस भनेर फेन्स वायर जडान गरिएको निकुञ्जका कर्मचारीहरुको भनाई रहेको छ ।
सन् २०१२ सेप्टेम्बरमा दुई पटक गरि नेपालगञ्ज मिनी चिडिया घर बाट २२, सन् २०१२ को अक्टुवरमा केन्द्रिय चिडियाखाना जावलाखेलबाट छ वटा र कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट सन् २०१५ जुलाईमा १४ वटा गरि जम्मा ४२ वटा कृष्णसार स्थानान्तरण गरि ल्याईएको छ ।
हाल संरक्षण क्षेत्रमा कृष्णसारको संख्या ५५ पुगेको छ । जसमध्ये बयस्क भाले १९ र पोथीको संख्या १५ र बच्चाको संख्या २१ रहेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको संभाव्यता अध्ययन पछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको हो ।
कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै दुई वटा कृतिम पोखरी र दुई वटा छहारी घर निर्माण गरिएको छ ।

वि.सं.२०७४ असोज १५ आइतवार १०:३७ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...