back

अस्पताल शुनसान भएपछि बिरामी मारमा

वि.सं.२०७४ असोज १५ आइतवार

279 

shares
NTC AD
Global IME AD

१५ असोज, गाइघाट(उदयपुर)  । सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान्् चाड बडादसैं मनाउने गर्दै आएका छन् ।

यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा शान्ति सुरक्षालाई असर नपुग्ने र बिरामीलाई पनि असर नपुग्नेगरी चाडबाड मनाउनु पर्ने र विदामा बस्नु पर्ने प्रावधान रहेको छ ।

तर उदयपुरको सदरमुकाम बोक्सेमा रहेको जिल्ला अस्पतालका अधिकांश डाक्टर दसैं आउन एक हप्ता अगाडि नै घरतिर हिडेपछि अहिले जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि आउने बिरामी भने मारमा पर्न थालेको सेवाग्राही तथा स्थानीय जनताको गुनासो बढ्दै जान थालेको छ ।

अस्पतालका प्रमुख डा. महेश खनालसहित प्रसूति विशेषज्ञ डा. फडिन्द्र बडाल र अर्का डा. अमिताभ ठाकुरसहितका डाक्टर दसैं आउन अगाडि नै घरतिर लागेपछि अहिले अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले डाक्टरको अभावमा उपचारको लागि दसौं हजार खर्च गरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता आएको स्थानीय मोहन बस्नेतले बताउनुभयो ।

बस्नेतका अनुसार आपूmले छिमेकी आफन्तलाई दसैंको समयमा प्रसूतिको उपचार गराउन अस्पताल लगेपछि अस्पतालमा कोही पनि डाक्टर नभएको र अहिले दसैं अवधिभरको लागि प्रसूति सेवा नै बन्द भएको अस्पतालका एक सहायक कर्मचारी बताउछन् ।

यस्तै त्रियुगा नगरपालिका–१५ साउनेका अम्बर बहादुर मगरले आपूmले दसैंको अष्टमीमा घरको एक बिरामी प्रसूति गराउन जिल्ला अस्पताल ल्याएको तर अस्पतालमा डाक्टर नभएको कारण अन्यत्र लानु भनेपछि सिरहाको लाहानस्थित निजी अस्पतालमा लगेको गुनासो गर्नुभयो ।

वि.सं.२०७४ असोज १५ आइतवार १०:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...