back

साठी वर्षमाथि पुगेको ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

वि.सं.२०७४ असोज १५ आइतवार

600 

shares

१५ असोज, वालिङ (स्याङ्जा) । स्याङ्जाको आँधीखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ ।

“साठी वर्ष भन्दामाथिका उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्यलाई विशेष ध्यान दिई गाउँपालिकाले पाइलट प्लानकोरुपमा हाल वडा नं. ६ मा गाउँघर क्लिनिक सञ्चालन गरेको छ” गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले भन्नुभयो, “हाल एउटा मात्रै वडामा सञ्चालन भएको यो अभियानलाई विस्तारै अरु वडामा पनि विस्तार गर्दै लगिने सोंच बनाएका छौँ ।”

गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको समन्वयमा प्रत्येक महिना वडा–६ मा रहेका करिब चार सय ज्येष्ठ नागरिकको घरघरमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गर्नुका साथै सामान्य औषधि पनि निःशुल्क वितरण गर्ने गरेको छ ।

ज्येष्ठ नागरिकमा अलिबढी स्वास्थ्य समस्या देखिने र उहाँहरु स्वास्थ्यचौकीसम्म पुग्न पनि समस्या हुने भएकाले स्वास्थ्यकर्मीको टोलीलाई ज्येष्ठ नागरिकको घरमै लगेर स्वास्थ्य परीक्षण तथा परामर्श दिँदै आएको बताइएको छ ।

वि.सं.२०७४ असोज १५ आइतवार १०:५३ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा...

सुरक्षा समितिकाद्वारा मतस्थानस्थल अनुगमन

सुरक्षा समितिकाद्वारा मतस्थानस्थल अनुगमन

चितवन । जिल्लाका मतदानस्थललाई निर्वाचनका दृष्टिकोणले तीन भागमा विभाजन गरिएको...

प्रतिनिधिसभा निर्वाचन : दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता

प्रतिनिधिसभा निर्वाचन : दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीवटै निर्वाचन...

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...