back

अलैंची बेच्न विन्तिभाउ 

वि.सं.२०७४ असोज १५ आइतवार

597 

shares
GLOBAL IME AD
NTC AD

१५ असोज, आठराई (तेह्रथुम) । जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कृषकले विन्तिभाउ(अनुरोध)मा अलंैची बेच्न थालेका छन् ।

तेह्रथुममा गत वर्षको तुलनामा ६० प्रतिशत भन्दाबढी मूल्य घटेपछि अलैंचीको कारोवार नै ठप्प भएको छ, । उचित मूल्य पाउने आशमा बसेका किसान चाडवाडको खर्च गुजार्नका लागि न्यून मुल्यमा अलैँचीबेच्न बाध्य भएका छन् ।

अघिल्लो बर्षमा प्रतिकिलो अलैँची रु दुई हजार पाँच सयसम्ममा विक्री गरेका जिल्लाका किसानले यस वर्ष प्रतिकिलो रु आठ सयमा अलैँचीबिक्री गरेका छन् । नेपालीको महान चाडको रुपमा लिइएको दसै–तिहार भित्रिदासम्म पनि मुल्यको उचाई नबढेपछि चाडबाड मनाउन तथा घरको खर्च टार्न न्यून मूल्यमा अलैँची बेच्नु परेको जिरिखिम्तीका कृषक कुमार लिम्बुले बताउनुभयो ।

अलैंचीले मुल्य नपाएपछि व्यापारीले समेत अलैँची किन्न चाहेका छैनन् । यस अघि घरमै आएर व्यापारीले अलैँची किन्ने गरेपनि अहिले किसान नै व्यापारी कहाँ गएर अलैँची खरिद गरिदिन विन्तीभाउ गर्नुपरेको छ ।

बजारमा अहिले अलैँची प्रति मन ३० हजारमा विक्री हुन्छ । घरको खर्च टार्नका लागि अलैँची बाहेक अरु विकल्प नभएका केही किसान सस्तो दामको सिकार बनेका हुन् ।

अलैँची बेचेर घर घडेरी जोड्ने गरेका किसानले यस वर्ष अलैँची बेचेर दसै–तिहारलगायत केही चाडपर्व मनाउन तथा घरको सामान्य आवश्यकता परिपूर्ति गर्न मात्र सकिने कृषक बताउँछन् ।

वि.सं.२०७४ असोज १५ आइतवार ११:०३ मा प्रकाशित

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक...

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट...

महायज्ञमा एक करोड २० लाख सङ्कलन

महायज्ञमा एक करोड २० लाख सङ्कलन

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २०...