back

विपन्न परिवारलाई रातोमाटो आयस्रोतको माध्यम

वि.सं.२०७४ असोज १५ आइतवार

636 

shares
IME Limited
NTC AD

१५ असोज, म्याग्दी (बेनी) ।  म्याग्दी जिल्लाका बेनी नगरपालिका–१ ढाँडथरमा बसोबास गर्दै आएका विपत्र घर परिवारले रातोमाटोलाई आयस्रोतको मुख्य आधार बनाएका छन् ।

आफ्नै घरनजिकको पाखामा खेर गइरहेको रातोमाटोलाई उनीहरूले आम्दानीको स्रोत बनाएका हुन् ।

रातोमाटोलाई पाथी र मानाको हिसाबमा बिक्री गर्दै आएका रत्नेचौरकी मिना विकले पाथीको रु.८० देखि रु.एक सयसम्ममा बिक्री गर्ने गरेको बताउनुभयो ।

त्यस्तै घर खर्च टार्न र बालबालिकालाई पढाइ खर्च जुटाउनका लागि पनि सहज भएको रातोमाटो बिक्री गर्दै आएका ढाँडथर निवासी कृष्णवहादुर विक बताउछन् ।

‘दिनभरी रातोमाटोको खाल्डोमा बसेर रातोमाटो निकाल्छौँ र स्थानीय बजारमा ल्याएर बिक्री गर्छौं, आम्दानी पनि राम्रै छ’, रातोमाटो बिक्री गर्ने क्रममा म्याग्दी सदरमुकाम आइपुगेकी हुँ मिना रामदाम भन्नुहुन्छ ।

रातो माटो निकाल्ने ठाउँमा नै आउने ग्राहकलाई रु.२० मा र बाहिर लगेर विक्री गर्दा प्रतिपाथी रु ८० देखि एक सयमा विक्री हुने रामदामको भनाइ छ ।

विगत सात वर्षदेखि माटो बिक्री गर्दै आएकी तिलमाया विकले माटो बिक्री गरेर नै महिनामा रु.चार हजारदेखि रु. पाँचहजारसम्म आम्दानी गर्ने गरेको र यसबाट नै आफ्ना छोराछोरीको पढाइ खर्च र घर व्यवहार टार्ने गरेको बताउनुभयो ।

रातोमाटोको लागि प्रसिद्ध मानिने यो स्थानका करिब २० घर परिवारले हाल आएर यो पेसालाई प्राथमिकता दिँदै आएका छन् । दैनिक माटो बिक्री गरेका कारण ढाडथरमा जताततै माटोका खाल्डा पाइने गरेको छ ।

यसरी नै माटो बिक्री गरिरहने हो भने सो स्थानका बासिन्दाको जीविकोपार्जन त हुन्छ तर केही वर्षमा यो स्थानमा रातोमाटो नै नपाइने संभावना बढ्दै गएको छ ।

वि.सं.२०७४ असोज १५ आइतवार ११:०८ मा प्रकाशित

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज...

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

ओस्लो । नेपाली जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा...

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बलेवा (बागलुङ) । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत्...

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

वालिङ । कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई...

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...