back

भरतपुर महानगरले रु तीन अर्र्ब हाराहारीको बजेट ल्याउने

वि.सं.२०७४ असोज १६ सोमवार

483 

shares
GLOBAL IME AD
NTC AD

money१६ असोज, चितवन । भरतपुर महानगरपालिकाले रु तीन अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै शुरु हुन लागेको हो ।

भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले असोज १८ गतेदेखि नगरसभाका लागि तयारी थालिने बताउनुभयो । “वडा तहबाट योजना संकलन गर्ने काम हुनेछ”, उहाँले भन्नुभयो, “डेढ महिना ढिलो भएपनि हामी आन्तरिक तयारीमै थियौँ, बजेट सिलिङ बनाएर वडा तहमा योजना माग गर्न जानेछौँ ।”

प्रमुखको संयोजकत्वमा रहेको महानगरको स्रोत अनुमान समितिको बैठकमा स्रोत पहिचान गरेर क्षेत्रगत बजेट सिलिङ तयार गरी वडा तहमा योजना मागका लागि संयन्त्र परिचालन हुने कार्यकारी अधिकृत जोशीले बताउनुभयो ।

वडा भेलामार्फत तल्लो तहबाट उच्च प्राथमिकतामा परेका योजना संकलन गरिनेछ । २९ वटै वडाबाट आएका योजनाका आधारमा समग्र महानगरको बजेट नीति तथा कार्यक्रम बन्ने उपप्रमुख पार्वती शाहले बताउनुभयो । उहाँका अनुसार कात्तिक २० गतेभित्र वडा तहबाट योजना संकलन गर्ने काम पूरा हुनेछ । कात्तिक मसान्तभित्र नगरसभा गर्ने तयारी गरिएको छ ।

महानगरले छ वटा क्षेत्रगत समिति बनाएर वडा–वडाबाट माग भएका योजनाको छलफल गरी अत्यावश्यक योजना समेट्ने रणनीति बनाएको छ । उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा योजना तर्जुमा समितिमा छलफल भएपछि समग्र योजना नगरसभामा प्रस्तुत गरिनेछन् ।

गत वर्षका अधुरा योजना यसपालि कार्यान्वयनको चरणमै रहने उपप्रमुख शाहले बताउनुभयो । कार्यकारी अधिकृत जोशीले विगतका स्थानीय निकायको बजेट आकार तथा वर्तमान अवस्था विश्लेषण गर्दा झण्डै रु तीन अर्ब बराबरको बजेट प्रक्षेपण हुने सम्भावना रहेको बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बजेटमा सडक सञ्जाल पहिलो प्राथमिकतामा रहने बताउनुभयो । त्यसैगरी पिउने पानी र आयआर्जनका काम अल्पकालीन योजनाका रुपमा रहने उहाँले बताउनुभयो ।

दीर्घकालीन योजनाका रुपमा बृहत् गुरुयोजना निर्माण गरी मेगा सिटी, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा विशेष बजेटको व्यवस्था गरिने प्रमुख दाहालले बताउनुभयो ।

वि.सं.२०७४ असोज १६ सोमवार ०२:३३ मा प्रकाशित

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक...

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट...

महायज्ञमा एक करोड २० लाख सङ्कलन

महायज्ञमा एक करोड २० लाख सङ्कलन

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २०...