Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

कर्णाली नदीमा नुहाउन गएका दुई युवक बेपत्ता



१६ असोज, धनगढी । कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा नुहाउन गएका दुई युवक नदीमा डुबेर आइतबार बेलुका बेपत्ता भएका छन् ।

चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर बोहराले मोहन्याल गाउँपालिकाको पितमारीस्थित कर्णाली नदीमा नुहाउन गएका टीकापुर नगरपालिका–९ का २० वर्षीय मुकुन्द न्यौपाने र २१ वर्षीय रमेश न्यौपाने नदीमा डुबेर बेपत्ता भएको जानकारी दिनुभयो ।

नुहाउने क्रममा नदीको गहिराइ नाप्ने भन्दै नदीको भूमरी नजिक पुगेका दुवैजना डुबेर बेपत्ता भएको बताइएको छ ।

बेपत्ता हुनेको खोजी शुरु गरिएको प्रहरी निरीक्षक बोहराले बताउनुभयो । कर्णाली पुलको चिसापानी बजारदेखि झण्डै दुई किमी उत्तरतर्फ रहेको पितमारी वनभोज स्थलका रुपमा लोकप्रिय छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू