Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

तनहुँ जिल्लामा मात्र  करिब रु २४ करोड सामाजिक सुरक्षा भत्ता वितरण



१६ असोज, दमौली  (रासस) : तनहुँ जिल्लामा गत आर्थिक वर्षमा रु २३ करोड ८८ लाख ६६ हजार ८१७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त अपाङ्गता, आंशिक तथा अति अशक्त अपाङ्गता, ज्येष्ठ नागरिक (दलित), ५ वर्षमुनिका विपन्न दलित बालबालिकाका लागि सो रकम भत्ता वितरण गरिएको हो । तीन हजार चार ज्येष्ठ नागरिक (दलित), आठ हजार ९०८ ज्येष्ठ नागरिक, ६ हजार ७०८ एकल विधवा, ३४३ पूर्ण अपाङ्ग, दुई हजार ८११ विपन्न दलितलाई भत्ता र ७० वर्ष नाघेका ११ हजार ६७० जनालाई उपचार खर्चका लागि सो रकम भत्ता वितरण गरिएको जिल्ला समन्वय समितिका पञ्जीकरण शाखाका खरिदार एकबहादुर राना मगरले बताउनुभयो ।

बैकिङ प्रणालीबाट भत्ता वितरण गर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको बताइएको छ । अघिल्लो आवमा पनि तनहुँमा सोही हाराहारीमा भत्ता वितरण गरिएको थियो । भत्ता रकमले आफ्नो जीविकोपार्जनमा सहयोग पुगेको ज्येष्ठ नागरिकले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू