back

ऐतिहासिक नन्दल ताल अतिक्रमणको चपेटामा

वि.सं.२०७४ असोज १६ सोमवार

786 

shares

१६ असोज, नवलपरासी  । नवलपरासीको एक मात्र ऐतिहासिक नन्दल ताल अतिक्रमणको चपेटामा परेको छ । करिब १६५ बिगाहा क्षेत्रफलमा फैलिएको तालको सम्पूर्ण भाग स्थानीयवासीले अतिक्रमण गरी खेती गरिरहेका छन् भने यसको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायले कुनै पहल गरिरहेको छैन ।

हाल तालमा पानी छैन । तालको क्षेत्रफल मानिने अधिकांश जग्गामा स्थानीयवासीले अन्नबाली लगाउने गरेका छन् । ताल नवलपरासीको हालको रामग्राम नगरपालिका–१४ र १५ को केही भाग र यसैगरी पाल्हीनन्दन गाउँपालिका–५ (साबिक सनई, सुक्रौली र हुकुई गाविसमा फैलिएको छ । ताल संरक्षण हुन नसक्दा अहिले आफ्नो अस्तित्व गुमाउन पुगेको एक स्थानीयवासीले बताएका छन् ।

पौराणिक इतिहासमा कृष्ण भगवान्ले आफ्नो नारायणी सेना लगाएर सो ताल खनेको धार्मिक किंवदन्ती छ । एकातर्फ ताल संरक्षणको अभावमा इतिहास गुमाउँदै गएको छ भने अर्कोतर्फ तालको जग्गा स्थानीयवासीले अतिक्रमण गर्दै जोतभोग गर्दैछन् । पटक पटक तालको संरक्षणका लागि यस अगावैको जिविस (हालको जिल्ला समन्वय समिति)बाट तारबार गरी क्षेत्रफल निर्धारण गर्न रकम विनियोजन भएको भए पनि हालसम्म तालको यकिन जग्गासमेत छुट्याउन सकिएको छैन र त्यसको संरक्षणमा रकम पनि खर्चिएको छैन ।

ऐतिहासिक र परिचित भए पनि नन्दन ताल पछिल्लो समयदेखि स्थानीयवासीले बिना अनुमति आफैँ बाँडफाँड गरी जोतभोग गर्न थालेपछि यसको इतिहास र अस्तित्व गुम्ने अवस्थामा पुगेको देखिन्छ ।

वि.सं.२०७४ असोज १६ सोमवार ०४:५७ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...