Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

झाडापखालाबाट एकको मृत्यु, १२ जना बिरामी



१६ असोज, दोलखा (रासस) : दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९, साविक गौरीशंकर गाउँपालिकाको सिमीगाउँमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ ।

झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मानुरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा अझै १२ जना झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन् । बिरामी परेकामध्ये तीनजना सिकिस्त छन् ।

गौरीशंकर गाउँपालिका–९ सिमीगाउँबाट मानिस बिरामी परेको खबर आएपछि औषधिसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिनुभयो । उहाँले सिमीगाउँमा झाडापखाला र ज्वरोबाट एकजनाको मृत्यु भएको र करिव २० जना बिरामी भएको खबर आएकाले स्वास्थ्यकर्मीको टोली पठाइएको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक एकसाथ बसिरहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

स्व. दण्डपाणि अर्ज्यालको नाममा स्थापित दण्डपाणि अर्ज्याल स्मृति केन्द्र काठमाडौको आयोजनामा गोरखा नगरपालिका स्तरीय