चितवन, १६ असोज : भालुको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा एक महिला घाइते भएकी छिन् ।
घाइते हुनेमा माडी नगरपालिका –६ का २४ वर्षीया सिर्जना विक रहेको प्रहरीले जनाएको छ ।
माडीबाट मोटरसाइकलमा भरतपुरतर्फ आउँदै गर्नुभएकी विकलाई राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट नजिकै बच्चासहित रहेको भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट मोटरसाइकल पल्टिएपछि उहाँलाई भालुले पुनः आक्रमण गरेको थियो ।
घाइते विकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक उहाँका श्रीमान् सागर विक स कुशल रहनुभएको छ । (रासस)