back

प्राकृतिक सम्पदाको संरक्षणमा जुटे स्थानीयवासी

वि.सं.२०७४ असोज १७ मंगलवार

519 

shares

 १७ असोज, बेनी, म्याग्दी । प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्न म्याग्दीको ग्रामीण भेकका बासिन्दा सक्रिय हुन थालेका छन् ।

जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट र मालिका गाउँपालिका अर्मनका स्थानीय बासिन्दा सामुदायिक वनमा पाइने जडीबुटी, वन्यजन्तुजस्ता लोपोन्मुख वस्तुहरू संरक्षण गरेर प्रकोप नियन्त्रण गर्ने योजनासहित प्राकृतिक संरक्षण सम्पदा संस्था खोलेका छन् ।

अन्नपूर्ण प्राकृतिक संरक्षण क्षेत्रबाहेकका क्षेत्रमा केही वर्षयता प्राकृतिक वस्तु र वन्यजन्तु लोप हुन थालेपछि संरक्षणका लागि अभियान थालेको जनाइएको छ ।

वनजंगलमा वन्यजन्तु लोप हुँदै जाँदा पर्यटकीय स्थानको महत्व कम हुँदै जान थालेपछि अभियान थालिएको अर्मनकी प्राकृतिक संरक्षण संस्थाकी सदस्य कोपिला कँडेलले बताउनुभयो ।

सो संस्थाले जडीबुटी संकलनलाई व्यवस्थित बनाउने र राजश्व संकलनमा वृद्धि गर्ने योजनासमेत बनाएको उहाँले बताउनुभयो ।

उक्त क्षेत्रमा २४ प्रजातिका जडीबुटी पाइने स्थानीय बासिन्दाको भनाइ रहेको छ । बाघ, भालु, चितुवा, चित्तल तथा धेरै चरा पाइने भएपनि विस्तारै लोप हुन थालेपछि अभियान शुरु गरेको संस्थाले जनाएको छ ।

समुद्री सतहदेखि करिब दुई हजार ५०० भन्दा बढी उचाइमा फैलिएको सो क्षेत्रको सामुदायिक वन क्षेत्र पर्यटकीय दृष्टिले समेत आकर्षक भएकाले संरक्षण गर्नु आवश्यक देखिएको स्थानीयवासीको भनाइ रहेको छ ।

वि.सं.२०७४ असोज १७ मंगलवार ०४:११ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...