Logo
१९ माघ २०७९, बिहीबार
     Thu Feb 2 2023
E-paper
  English Edition
   Unicode
Logo

प्राकृतिक सम्पदाको संरक्षणमा जुटे स्थानीयवासी



 १७ असोज, बेनी, म्याग्दी । प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्न म्याग्दीको ग्रामीण भेकका बासिन्दा सक्रिय हुन थालेका छन् ।

जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट र मालिका गाउँपालिका अर्मनका स्थानीय बासिन्दा सामुदायिक वनमा पाइने जडीबुटी, वन्यजन्तुजस्ता लोपोन्मुख वस्तुहरू संरक्षण गरेर प्रकोप नियन्त्रण गर्ने योजनासहित प्राकृतिक संरक्षण सम्पदा संस्था खोलेका छन् ।

अन्नपूर्ण प्राकृतिक संरक्षण क्षेत्रबाहेकका क्षेत्रमा केही वर्षयता प्राकृतिक वस्तु र वन्यजन्तु लोप हुन थालेपछि संरक्षणका लागि अभियान थालेको जनाइएको छ ।

वनजंगलमा वन्यजन्तु लोप हुँदै जाँदा पर्यटकीय स्थानको महत्व कम हुँदै जान थालेपछि अभियान थालिएको अर्मनकी प्राकृतिक संरक्षण संस्थाकी सदस्य कोपिला कँडेलले बताउनुभयो ।

सो संस्थाले जडीबुटी संकलनलाई व्यवस्थित बनाउने र राजश्व संकलनमा वृद्धि गर्ने योजनासमेत बनाएको उहाँले बताउनुभयो ।

उक्त क्षेत्रमा २४ प्रजातिका जडीबुटी पाइने स्थानीय बासिन्दाको भनाइ रहेको छ । बाघ, भालु, चितुवा, चित्तल तथा धेरै चरा पाइने भएपनि विस्तारै लोप हुन थालेपछि अभियान शुरु गरेको संस्थाले जनाएको छ ।

समुद्री सतहदेखि करिब दुई हजार ५०० भन्दा बढी उचाइमा फैलिएको सो क्षेत्रको सामुदायिक वन क्षेत्र पर्यटकीय दृष्टिले समेत आकर्षक भएकाले संरक्षण गर्नु आवश्यक देखिएको स्थानीयवासीको भनाइ रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू