Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

नेका धादिङद्वारा केन्द्र र प्रदेशका उम्मेदवार सिफारिस



१७ असोज, मलेखु, धादिङ : नेपाली काँग्रेस, धादिङले केन्द्र र प्रदेशसभाका लागि हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले २ क्षेत्र भएको केन्द्रीय सभाका लागि समानुपातिक र ४ क्षेत्र भएको प्रदेशका लागि सर्वसम्मत उम्मेदवार छनोट गर्न नसकी क्षेत्रीय समितिले सिफारिस गरेका सबैको नाम केन्द्रमा जिल्ला समितिले सिफारिस गरेको हो ।

केन्द्रीय संसद्का लागि क्षेत्र नं १ बाट विश्वप्रकाश अर्याल, देवप्रकाश त्रिपाठी, विदुर अकौलिया, क्षेत्र नं २ का लागि रमेश धमला, रामनाथ अधिकारी, दिलमान पाख्रिन, डा राजाराम कार्की, गंगाराम तामाङको नाम सिफारिस गरिएको छ ।

यसैगरी, प्रदेश संसद्का लागि पनि उम्मेदवार सिफारिस गरिएको छ ।

क्षेत्र नं १ का लागि अर्जुनप्रसाद उप्रेती, मधु श्रेष्ठ, बाबुकृष्ण सापकोटा, क्षेत्र नं २ का लागि खिल गिरी, कविता इटनी, बद्री अर्याल हरिभक्त त्रिपाठी, प्रभातकिरण सुवेदी, क्षेत्र नं ३ का लागि कल्पना अधिकारी, यमनाथ दनै, राकेश धमला, क्षेत्र नं ४ का लागि फणीकान्त छत्कुली, तिलक रुवाली, हरिराम बुर्लाकोटीलाई सिफारिस गरेको नेपाली काँग्रेसका खिल गिरीले जानकारी दिनुभयो ।  (रासस)


-->

वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा