करिब २५० जना नेपाली दर्शकहरुको माझमा पोल्यान्डको वारसवामा नेपाली फिल्म २ रुपैयाँ प्रदर्शन भएको छ । फिल्म प्रदर्शन गर्नमा विशेष भुमिका एवम संयोजनको भुमिका खेल्नु भएका सुरज कार्कीले अत्यन्त खुशी हुँदै भन्नूभयो “राती ११ बजेदेखि शुरु गरेर पनि पोल्यान्ड भएका नेपाली समुदायले नेपाली फिल्म मन पराएर हेर्न आउनु भएकोमा धेरै धन्यवाद र आभार प्रकट गर्दछु ।”
दुई रुपैयाँ फिल्मको प्रदर्शन गर्नको लागि अफिसियल पार्ट्नर मेन पार्ट्नर थियो भने नारायण चालिसे, विनय अधिकारी जीवन केसी, प्रभाकर अधिकारी युवराज अडाइ, सिद्दार्थ रेस्टुरेन्ट, सोम सैन्जु लगायत विभिन्न व्यक्तिहरुले टिकट व्यवस्थापन गर्न विशेष भुमिका खेल्नुभएको थियो ।
साथै उक्त फिल्मको लागि अघिल्लो दिन एनआरएनए पोल्यान्डको दशै कार्यक्रममा उत्कृष्ट मनोरञ्जनात्मक कार्यक्रम गर्ने अपि न्यौपाने र सन्तोष अधिकारीलाई निशुल्क टिकट संयोजक कार्कीले प्रदान गर्नुभएको थियो ।
हालैका दिनहरुमा पोल्यान्डमा नेपालीहरुको वृद्धि भएकोले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुमा दर्शकहरुको उपस्थिति बिस्तारै बढ्दै गएको जानकारहरुले बताएका थिए ।
स्मरण रहोस् उक्त कार्यक्रमको अपार सफलता पछि इनास पोल्यान्डको आयोजनामा अब अर्को फिल्म देखाउने योजनामा लागेको जानकारी इनास फिल्म समिती पोल्यान्डका संयोजक सुरज कार्कीले जानकारी गराउनु भएको थियो भने यस किसिमका कार्यक्रमहरुले अवश्य पनि नेपाली समुदायमा आफ्नो संस्कृती बुझ्न मद्धत गर्ने गरेको जानकारी एनआरएनए पोल्यान्ड संरक्षक एव आइ सि सी सदस्य डा बोधराज सुवेदीले दिनुभएको थियो ।
उक्त फिल्म प्रदर्शनमा इनास पोल्यान्ड अध्यक्ष कृष्ण न्यौपाने, पानी अभियानकर्ता मित्रलाल पार्दे, आइसीसी सदस्य डा बोधराज सुवेदी लगायत झन्डै २५० व्यक्तिहरुको उपस्थिति थियो ।
वि.सं.२०७४ असोज १७ मंगलवार ०६:५४ मा प्रकाशित