back

रामचन्द्र खरेलद्वारा एनआरएनएको सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा

वि.सं.२०७४ असोज १७ मंगलवार

345 

shares
NTC AD
Global IME AD
ram-kharel-1

अमेरिकाको डीसी महानगर क्षेत्रमा दुई दशक भन्दा ज्यादा बस्दै आएका संचार कर्मी तथा एनआरएनए अभियानमा निरन्तर लागि रहेका रामचन्द्र खरेलले एनआरएनए का सह-कोषाध्यक्ष उम्मेदवारको घोषणा गरेका छन् l 

उनले एक छापा बिज्ञप्ति निकाल्दै २००५ देखी गैरआवासिय नेपाली संघमा आवद्ध भई २००९ देखि अहिलेसम्म लगातार गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान समितीमा रहेर कार्य गरिरहेको र संघका विधान, ऐन तथा प्राय जसो सबै नियामावलीहरुको पुर्ण ज्ञान भएकोले उम्मेदवारको घोषणा गरेको उल्लेख गरेका छन् । 

खरेल एनआरएनएमा विभिन्न पदमा काम गरि सकेका छन् भने केन्द्रीय सल्लाहकार समेत भै सकी काम गरेको अनुभव उनि संग छ l 

 छापा बिज्ञप्तिको पूर्ण पाठ : 

सम्पूर्ण आदरणीय ग़ैर आवाशिय नेपालीहरुमा वडादशैको हार्दिक मंगलमय शुभकामना ब्यक्तगर्दै आफू गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्बय परिषद (NRNA ICC) को सह-कोषाध्यक्ष पदमा मेरो उम्मेद्वारी दिने निर्णयका साथ यहाँहरु समक्ष सहयोगका लागि हार्दिक अवरोध गर्दछु।

नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैर आवासिय नेपाली संघको मूल नारालाई अवलम्वन गर्दै नेपालमा तथा नेपाल वाहिर विगतमा भएका प्राय सवैजसो उच्च स्तरिय प्रतिनिधि मण्डलहरुमा सहभागी हुँदै आएको हुँदा भविस्यमा हुने जुनसुकै उच्च ओहोदाका व्यक्तित्वहरु संग वहस गरि गैरआवासिय नेपाली संघको मूल्य, मान्यता र गरिमालाई उच्च पार्ने काममा हिम्मतका साथ गैरआवासिय नेपाली संघको प्रतिनिधित्व गर्नसक्ने आत्मविश्वास भएकोले, 

म आफै पनि क़ानूनी क्षेत्रबाट आउनुका साथै २००५ देखी गैर आवासिय नेपाली संघमा आवद्ध भई २००९ देखि अहिलेसम्म लगातार गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान समितीमा रहेर कार्य गरिरहेकोले गैर आवासिय नेपाली संघका विधान, ऐन तथा प्रायजसो सबै नियामावलीहरुको पुर्ण ज्ञान भएकोले।

गैरआवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषदमा मिडिया कोअर्डिनेटर तथा बोर्ड मेम्बर हुनुका साथै अन्तर्राष्ट्रिय समन्वय परिषद उत्तर-अमेरिकाको सह संयोजक र कार्यकारी संयोजक समेत रहि कामगर्नुका साथै गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय सल्हाकार समेतको अनुभव भएकोले गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा आफु क्षमता /दक्ष्य भएकोले,

यि उल्लेखित कारणहरु लगायत अरु कैयौं आधारहरु भएकोले मैले गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको केन्द्रीय सह-कोषाध्यक्ष पदमा उम्मेव्दारी दिने निर्णय गरेको छु। 

यहाँहरू सवैको सप्रेम सहयोग पाउने कुरामा म ढुक्क छु । म आफनो काम र कर्तव्यमा नचुकीकन गैर आवासिय नेपाली संघको उद्देश्य प्राप्तिका लागि सवै प्रकारले समर्पित भएको निवेदन गर्दै सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।

 रामचन्द्र खरेल

उम्मेद्वार – सह-कोषाध्यक्ष 

गैर आवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषद (NRNA ICC) 

वि.सं.२०७४ असोज १७ मंगलवार ०७:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...