back

रूपन्देहीमा बढे करदाता

वि.सं.२०७४ असोज १७ मंगलवार

714 

shares
GLOBAL IME AD
NTC AD

१७ असोज, लुम्बिनी   : विगतको तुलनामा भैरहवामा करदाता बढ्न थालेका छन् । व्यक्तिगत एवं व्यावसायिक संघसंस्थालाई करको दायरामा ल्याउन आन्तरिक राजस्व कार्यालयले विभिन्न अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएकामा यस वर्ष थपिएकासहित कूल करदाता संख्या ४४ हजार ८१९ पुगेको कार्यालयका प्रमुख कर अधिकृत महाराजा कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आम करदातामा कर बुझाउनु पर्छ भन्ने भावनाको विकास, कर शिक्षा, लगानीको वातावरण सहज, कर प्रणालीमा सुधार, प्रभावकारी अनुगमन, व्यक्तिगत र व्यावसायिक प्यान नम्बर लिने करदाता बृद्धिजस्ता कारणले करदाताको संख्या बढेको हो ।

आठ वर्षको तथ्यांक हेर्दा कार्यालयको क्षेत्रभित्र वर्षेनी करदाता बढिरहेका छन् । आर्थिक वर्ष २०६६/०६७ मा व्यावसायिक तथा व्यक्तिगत आय करमा र मूल्य अभिवृद्धि करमा दर्ताका साथै अन्तशुल्कमा इजाजत लिनेको संख्या १८ हजार ३८३ थियो । यो संख्या बढेर ०६७/०६८ मा २३ हजार १९१, ०६८/०६९ मा २६ हजार १९७, ०६९/०७० मा २९ हजार ३८२, ०७०/०७१ मा ३३ हजार ८१९ पुगेको थियो ।

यस्तै आर्थिक वर्ष ०७१/०७२ मा ३७ हजार ९२४, ०७२/०७३ मा ४१ हजार ५४ र ०७३/०७४ मा ४२ हजार ४८४ पुगेको कार्यालयले जनाएको छ । कार्यालयले आर्थिक अनुशासन कायम गराउँदै प्रभावकारी कर प्रशासनका लागि नियमित अनुगमनसमेत गरिरहेको जनाएको छ । (रासस)

वि.सं.२०७४ असोज १७ मंगलवार ०७:४३ मा प्रकाशित

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक...

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट...

महायज्ञमा एक करोड २० लाख सङ्कलन

महायज्ञमा एक करोड २० लाख सङ्कलन

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २०...