back

खोलाले बगाएर पाँच जना बेपत्ता

वि.सं.२०७४ असोज १७ मंगलवार

309 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१७ असोज, सर्लाही   : लखन्देही नदीले बगाएर सोमबार पाँच जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार अपराह्न वर्षापछि लखन्देहीमा आएको बाढीले पत्थरकोटस्थित जियाजोरबाट आमासहित तीन छोराछोरी बगाएर बेपत्ता भएका छन् । बडादशैंको टीका लगाउन बाराबाट सर्लाहीको जियाजोरस्थित माइती जाँदै गर्दा २९ वर्षीया राधिका ढुंगाना र उनका सात वर्षीय छोरा किस्मत, पाँच वर्षीया छोरी कृतिका र एक वर्षीय छोरा कृतिलाई बाढीले बगाएको सर्लाहीका प्रहरी प्रमुख मसाउँदआलम खाँले बताउनुभयो ।

यसैबीच भैँसी चराएर फर्किंदै गर्दा खोलाले बगाएर बेपत्ता लालबन्दी– २ जुटपानीकी ५५ वर्षीया भीममाया काफ्लेको शव भने प्रहरीले फेला पारेको छ ।

त्यस्तै पिंडारीका ६० वर्षीय रामदेव साह कलुवारलाई पनि बाढीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नदीले बगाएका सबैको आज बिहानैदेखि प्रहरी परिचालन गरी खोजी भइरहेको छ । (रासस)

वि.सं.२०७४ असोज १७ मंगलवार ०७:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी...

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार...

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०÷८१ मा रु आठ...

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता

सुदूरपश्चिम । एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश...

आज सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

आज सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं । बुधबार (साउन ९ गते) काठमाडौँमा सौर्य एयरलाइन्सको विमान...