Logo
२१ मंसिर २०७९, बुधबार
     Wed Dec 7 2022
E-paper
  English Edition
   Unicode
Logo

साईप्रसका नेपालीले भव्यताका साथ मनाए विजयादशमी



syprus-ma-dashain-2074-1
दिनेश गौतम हरिजन
नेपाली हिन्दुहरुको महान चाड विजया दशमीलाई साईप्रसमा बस्ने नेपालीहरुले भब्यताका साथ मनाएका छन । दसै तिहार आउदा प्रवासमा रहेका नेपालीहरुलाइृ घरको यादहरुलाई भुलाउनुको साथै यहा रहेका नेपालीहरुलाई एकिकृत गर्ने उद्देश्यले गैरअवासिय नेपाली सघ साईप्रसको आयोजनामा दसै तिहार सांगितिक उत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो ।

साईप्रसका महाबाणिज्य दुतावासका प्रमुख डा.रामजिवन पन्जियारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपालबाट आएका लोक तथा पप गायक डिबी लोचन र गायक कृष्ण काफ्लेले यहा रहेका नेपालीहरुलाई विभिन्न आ आफनो गितसंगित मार्फत मनोरन्जन दिलाएका थिए ।

syprus-ma-dashain-2074-2कार्यक्रममा सहभागि हुन साईप्रसका बिभिन्न सहरहरुबाट आएका नेपालीहरुलाई दशैको टिका महाबाणिज्यदुत डा. पन्जियरले लगाएका थिए । कार्यक्रममा नेपालीहरुको विभिन्न जातिय पहिचान झल्कने पोसाक लगाएर आएका सबै समुदायहरुले टिका लगाएका थिए ।

सघंकी सहसचिव कबिता भण्डारीको संचालनमा भएको उदघाटन कार्यक्रममा एनआरएन आईसिसि सदस्य रन्जित महतो नेपाली समुदायको प्रमुख चाड दसैतिहारले प्रवासमा बस्ने सबै नेपालीहरुमा एकता ल्याउने र नेपाली सस्कृतिलाई जर्गेना गर्ने भएकोले यस्तो अन्य कार्यक्रमहरु अगामी दिनमा यहा रहेका सबै सघंसस्थाहरु एउटै छातामुनि रहेर कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको