Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

हराएका व्यक्ति सडक छेउमा मृत फेला



१८ असोज, रत्ननगर, चितवन । चितवनको भरतपुर महानगरपालिका–१४ सुन्दरबस्तीका एक युवा मङ्लबार मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २० वर्षीय शिशिर नेपाली मङ्लबार घर नजिकैको सडक छेउमा मृत भेटिएका हुन् । उनी सोमबारदेखि हराइरहेका थिए ।

चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले उनको शवलाई शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको जानकारी दिनुभयो ।

आइतबार बढी मादक पदार्थ सेवन गरेको पाइएपछि सोमबार परिवारको निगरानीमा उनलाई घरमा राखिएको थियो । त्यही बेला परिवारलाई छलेर उनी बेलुकादेखि घरबाट हराएको परिवारको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक आचार्यले जानकारी दिनुभयो । सडक छेउमा मृत भेटिएका उनको टाउको र कञ्चटमा चोटसमेत देखिएको आचार्यले जानकारी दिनुभयो ।


-->

उर्मिला कोइराला, भक्तपुर जन्मिएको मझेरी तपतप तेलसँगै घामको पहिलोदेखि अन्तिम किरणसम्म सुस्ताएको पिँढी ताते

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.