back

दुई महिनादेखि खानेपानी ठप्प हुँदा सर्वसाधारण तनावमा

वि.सं.२०७४ असोज १८ बुधवार

468 

shares

१८ असोज, राजविराज । सप्तरीको रुपनी गाउँपालिकाअन्तर्गत वीरेन्द्र बजारमा विगत दुई महिनादेखि खानेपानी ठप्प हुँदा स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।

अविरल वर्षासँगै दुई महिना अगाडि आएको भिषण बाढीका कारण त्यहाँको खानेपानी पाइप बगाएपछि खानेपानी ठप्प भएको बताइएको छ ।

उक्त खानेपानीबाट त्यहाँका सयाँै उपभोक्ता पानीको सेवा लिँदै आएका भएपनि सम्बन्धित निकाय मौन बसेका कारण पानीको समस्या हुँदा अहिले अशुद्ध पानी उपभोग गर्न बाध्य भएको स्थानीय बृजमान तामाङले बताउनुभयो ।

शुद्ध पानी खाने आशामा धारा जडान गर्नका लागि रु एक हजार ५०० धरौटी र मासिक रु १०० को दरले मासिक बिल भुक्तानी गरेको भएपनि अहिलेसम्म नियमितरुपमा पानी उपभोग गर्न समेत नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।

धाराको पाइप आधा फीट गहिराइसम्म बाढीले क्षतिग्रस्त बनाएको र सो पाइप लाइनबाट सवारीसाधन हिँड्दा पाइप फुट्दा खानेपानी अवरुद्ध भएको तामाङले भन्नुभयो ।

यसबारे जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीलाई जानकारी गराइएको भएपनि हालसम्म कुनै पहल नभएको स्थानीयको गुनासो छ ।

गत असार १७ गते अविरल वर्षासँगै आएको बाढीले वीरेन्द्र बजारमा रहेको सो खानेपानी पाइप बगाएको थियो ।

यसैबीच, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले बगाएको खानेपानी पाइप मर्मतको लागि चाँडै काम शुरु हुने बताउनुभयो ।

वि.सं.२०७४ असोज १८ बुधवार ०३:२२ मा प्रकाशित

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत...

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका...

पत्रकार महासंघ पर्वतमा थापा,  तनहुँमा पौडेल विजयी

पत्रकार महासंघ पर्वतमा थापा, तनहुँमा पौडेल विजयी

पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा...