गैरआवासीय नेपाली संघ पोल्यान्डले ३० सेप्टेम्बर २०१७ का दिन बडा दशै २०७४ को शुभकामना आदानप्रदान गरि मनाएको छ ।
पोलयाण्डको राजधानी वार्शामा सम्पन्न भएको उक्त दसैं कार्यक्रममा एनआरएनए पोल्याण्डका अध्यक्ष गोपाल राईको सभापतित्व रहेको थियो ।
एनआरएनए पोल्याण्डका महासचिव तथा ईनास पोल्याण्डका अध्यक्ष समेत रहेका श्री कृष्ण न्यौपानेको संचालन रहेको उक्त कार्यक्रममा एनआरएनए पोल्याण्डका संरक्षकद्धय डा. बोधराज सुवेदी र इनास पोल्याण्डमन उपाध्यक्ष रिता न्यौपाने, नेपाली जनसम्पर्क समिति पोल्याण्डकी सभापति डा. एलिनी सुवेदी, प्रवासी नेपाली मंचका निर्वतमान अध्यक्षम टंक कटुवाल, पानी अभियन्ता मित्रलाल पार्दे लगायतको आतिथ्यता तथा शुभकामना मन्तव्य रहेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष नरेश सापकोटाको स्वागत मन्तव्य रहेको सो अवसरमा बाल कलाकार अपि न्यौपानेको ‘आयो दशै आयो तिहार’ मा स्वागत नृत्य रहेको थियो भने गुन्जन न्यौपाने, निशिता सुवेदी, उषा लामा, अनिषा थापा लगायतले नृत्य कार्यक्रम प्रस्तुत गरेका थिए ।
गायक सन्तोष अधिकारिको प्रस्तुति, एकमाँया पुलामीसँगै सुबास पोख्रेल र ऋषि ढकालको लोक दोहोरी र युबराज बरालको क्यारिकेचरले कार्यक्रमलाई अझ बढी रोचक बनाएको थियो ।
पोल्यान्डमा आयोजना हुने कार्यक्रममा सहयोग गरिरहने शिद्धार्थ नेपाली रेस्टुरेन्ट, हिमालय नेपाल हाउस, ॐ रेस्टुरेन्ट, स्नेहा रेस्टुरेन्ट र लिटिल ईण्डियालाई कदर पत्र प्रदान गरिएको थियो भने सस्थापक अध्यक्ष डा. बोधराज सुवेदीलाई सम्मान गरिएको थियो ।
पन्डित रामचन्द्र न्यौपानेले दुर्गा पुजा गरे लगत्तै उपस्तिथि सबैलाई टीका तथा जमरा र प्रसाद बितरण गरिएको थियो भने निःशुल्क खानाको व्यवस्था समेत गरिएको थियो ।
बिबिध मनोरञ्जनात्मक प्रस्तुति सहित बिहान ४ बजेसम्म चलेको कार्यक्रममा अध्यक्ष राईले कलाकारहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो भने कार्यक्रम सफल पार्न अहोरात्र खटिनुहुने जीवन के सी भिम बहादुर खड्का, सोम सैंजु, सिर्जना थापा, माँया पुलामी, कल्पना न्यौपाने, योआन्ना राई लगायत सम्पूर्ण सहयोगी एबम संघका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा नृत्यतर्फ उत्कृष्ट अपि न्यौपाने र गायन तर्फ उत्कृष्ट सन्तोष अधिकारिलाई १ अक्टोबरमा प्रदर्शन हुने चलचित्र २ रुपियाँको एक एक वटा टिकट चलचित्र प्रदर्शन संयोजक सुरज कार्किले उपहार स्वरुप दिएको कुरा समेत वार्साबाट संघका महासचिब श्रीकृष्ण न्यौपानेले जानकारी गराउनु भएको छ ।
त्यसैगरी २६ सेप्टेम्बरका दिन जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनाल उहाँ कि धर्मपत्नी शुष्मा खनाल र उपनियोग प्रमुख विशाल भट्टराईका साथमा पोल्याण्डबासी नेपालीहरुसँग गैरआवासीय नेपाली संघ पोल्यान्डले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको समेत जनाईएको छ ।