
सुरज राई, इटहरी । किरात राई अर्गनाइजेशन अमेरिका र किरात राई यायोख्खाद्धारा राहत वितरण इटहरीका बाढी पीडितलाई राहतत वितरण गरिएको छ ।
गत श्रावण महिनामा इटहरीको बुढी खोलामा आएको बाढीबाट प्रभाबित हरुलाई दशैंको शुरुवात संगै राहत वितरण गरिएको हो ।
युनाइटेड किरात अर्गनाइजेसन अफ अमेरिका, किरात राई यायोखा प्रारम्भिक कार्य समिति इटहरी , साइप्रस, हंगकंग, युके, दुबई, इजराइल, मलेसियामा कार्यरत नेपालीहरु र धरान तथा स्थानीय इटहरीबाट संकलन गरिएको संयुक्त राहत वितरणबाट १०० घर परिवार लाभान्वित भएका छन् ।
बाढीमा परि ज्यान गुमाउने हरुको सम्झनामा एक मिनेट मौन धारण गरि शुरु भएको उक्त कार्यक्रममा संयोजक शिब बान्तवाले आफूले देखेको पिडितको समस्यालाइ केहि भए पनि मल्हम पट्टि गर्न सकिन्छ कि भनि सम्पूर्णमा हार गुहार गरिएको र राहत संकलन गरिएको र दाताहरुलाई धन्यवाद दिएका थिए ।
बुढी खोलामा आएको बाढीबाट प्रभाबित १७६ घर धुरी भएको तर हाल १०० घर धुरीलाई मात्र राहत पुर्याउन सक्षम भएको छर जस मध्ये ४६ घर परिवारलाइ एक थान ब्लाङ्ग्केट, एउटा ४ लिटरको प्रेसर कुकर २५ केजिको एक बोरा चामल र रु १०००र(रकम वितरण गरियो भने ५४ घर परिवारलाई नगद रु ४२०० र प्रतिघरका दरले बितरण गरिएको हो ।
संयुक्त रुपमा राहत वितरण गर्ने्हरुमा संयोजक तथा समाजसेवी शिब बान्तवाले ४४ जना लाई वितरण गर्नु भयो ।
कार्यक्रम संयोजक बसन्त राइले बाउ आमा र भाइ गुमाएका कमला राई बर्स १५ र निसान राई बर्स ११ लाई रु ३९,४०६।– र ५ र ६ वर्षका नानीहरु रुप्सनी राई र रुपेश राई लाई गुमाएका अभिभावक लाई रु २१ ,५०६ ।–रकम जिन्सी सहित खादा लगाएर सम्मान गरेका थिए ।
साकेन्वा लाक्छाम समिति धरानका अध्यक्ष भालुमान राइले प्रेसर कुकर, अन्य अतिथि हरुले ५४ जनालाई जनही नगद रु ४२००।–वितरण गर्नु गरेका थिए । बाढीमा ज्यान जोखिम मोलेर सानू मैयाँ राई जो ४ घण्टा पानीमा बगेकी थिइन् ,उनलाई बचाउने बीरु ऋषिदेब र अनिल ऋषिदेब लगायत तीन जनालाइ जनहि रु ५५०६।– दिएर सम्मान गरिएको थियो ।
।
सहयोग रकम मध्ये युनाइटेड किरात अर्गनाइजेसन अफ अमेरिकाबाट रु १,००,०५४।–,राज सुनुवार किरात र शिव बान्तावा राई बाट संकलित रु ३,१३,४५८।– किरात राई यायोखा प्राकास इटहरीबाट संकलित रकम रु १,२७,५००।–संकलन गरिएको थियो ।
त्यस्तै भोजपुर धर भै धरान बसोबास गर्नु हुने समाजसेवी शिब बान्तवा राई, ओखल ढुंगा घर भै हाल मलेशियाका राज सुनुवार किरात, भोजपुर घर भै हाल इटहरी बस्नु हुने बसन्त राई र भोजपुर घर भै हाल अमेरिका बस्नु हुने युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका उपाध्यक्ष मुना राई, खोटांग घर भै हाल अमेरिका बस्नु हुने सुरेश चाम्लिङ्गको संयोजनमा राहत सामग्री तथा नगद रकम संकलन गरि वितरण गरिएको हो ।
उक्त राहत बितरण कार्यक्रमको सभापतित्व किरात राई यायोखा प्रारम्भिक कार्य समिति इटहरीको अध्यक्ष मान बहादुर राइले गरेका थिए भने प्रमुख अतिथी किरात राई यायोख्खा सुनसरी जिल्ला अध्यक्ष कमला राई रहेका थिए ।
उक्त कार्यक्रमको आयोजक शिब बान्तवा र राज सुनुवार किरात रहेका थिए भने ब्यबस्थापन वि धराने ग्रुपका युवाहरुले गरेका थिए भने कार्यक्रमको संयोजन बसन्त राई र कार्यक्रम सन्चालन माया राइले गरेका थिए ।