गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा विश्वास दीप तिगेलाले केन्द्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएनए आइसीसी सदस्य समेत रहेका तिगेलाले आफ्ना अनुभवहरुलाई एनआरएनएमा सदुपयोग गर्दै सबैको जित र सम्मान हुने गरी सहमतिय पद्धतिलाई वढावा लिने बताएका छन् ।
तिगेलाले विवाद र मतभेदले अगाडि बढ्न समस्या हुने भएको बताउँदै सिंगो आईसिसि समन्वय परिषदमा विवादरहित वातावरण निर्माण गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने बताउँदै आफूले उम्मेदवारी दिएको बताएका छन् ।
यस्ता छन् तिगेलाका प्रतिबद्धता
– एनआरएन विभिन्न मुलुकमा रहेका, विभिन्न सोच विचार बोक्नेहरुको साझा मंच भएकोले सबैलाई सम्मानजनक रुपमा समेटदै एनआरएनलाई स्थिर ढंगले अगाडी लैजान ।
– भूकम्प पीडितहरुको निम्ति एनआरएनको तर्फबाट निर्माणाधिन योजनाहरु पुरा गर्न ।
– निर्माणाधिन एनआरएन केन्द्रीय कार्यलय सम्पन्न गर्न ।
– राजनैतिक अधिकार सहितको एनआरएन नागरिकताको पहल गर्न ।
– समयअनुकुल एनआरएनलाई सुधार गर्दै, सवल र सम्पन्न बनाउन ।
– परोपकारी कार्यलाई थप ब्यवस्थित गर्न, राष्ट्र एवं अन्तर्राष्ट्रमा एनआरएन च्यारिटी फाउण्डेशन संचालन गर्न ।
– विदेशमा आर्जन गरेका ज्ञानशिप मातृभूमीमा सदुपयोग गर्न ।
– विदेशमा रहेका नेपालीहरुको हकहित, अधिकार र भैपरि आउने आपतविपदका बेला चाहिने सहयोग ब्यवस्थापन गर्न ।
-संस्थाहरु संचालनका मेरो अनुभवलाई एनआरएनमा सदुपयोग गरि सबैको जित र सम्मान हुनेगरि सहमतिय पद्धतिलाई बढावा दिनेछु । विवाद र मतभेदले अगाडी बढन समस्या हुने भएकोले सिंगो आईसिसि समन्वय परिषदमा विवादरहित वातावरण निर्माण गर्न समन्वयकारी भूमिका निर्वाह गर्नेछु ।
आबद्धता तथा क्रियाशिलताः
क- विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष (१७ मुलुकमा २४ शाखाहरु)
ख- ६ पुस्तकका लेखक
ग-१ गीति एल्बमका लेखक
घ-७ जना अन्य साहित्यकारका कृतिहरु ब्यक्तिगत रुपमा प्रकाशक । अत्यन्तै चर्चित र लोकप्रिय झमक घिमिरेको जीवन काँडा की फूल रु को प्रकाशक ।
ङ-एक दशक वेलायती गोर्खा सेनाहरुलाई अध्यापन गराएको ।
च- हाल क्वान्टवरी क्राइसचच युनिभर्सिटीमा उच्चशिक्षा अध्ययनरत
छ- सन् २००५ देखि एनआरएनमा आबद्धता,
ज- अध्यक्षः एनआरएन ब्रुनाई सन् २०११–२०१३,
झ- आईसीसी सदस्य सन् २०१३–२०१५
ञ- आईसीसी सदस्य २०१५–२०१७
ट-संयोजकः भाषा तथा साहित्य कार्यदल उपसमिति २०१५–२०१७
वि.सं.२०७४ असोज १८ बुधवार १०:३५ मा प्रकाशित