
गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको मध्यपूर्व उपसंयोजकमा युएइबाट गोपाल कंडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
डेढदशक देखि युएइमा रहेका कंडेल एनआरएनए युएइको सचिव, महासचिव हुँदै एनआरएनएको केन्द्रीय सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
एनआरएनए पुनःनिर्माणको सच्चा साझेदार, “मध्यपूर्वको चाहना श्रमिक मैत्री एनआरएनको परिकल्पना” भन्ने नारा सहित चुनावी मैदानमा उत्रिन थालेका कँडेलले आँफू निर्वाचित भएमा प्रवासी नेपाली श्रमिकको हितमा योजनाबद्व रुपमा प्रभावकारी काम गर्ने बताएका छन् ।
‘ बैदेशिक रोजगारीमा आएका सबै मजदुर नै भएकाले एनआरएनलाई प्रवासी मजदुर मुखी र तिनको हक, अधिकारको सुरक्षा गर्दै, मजदुर मैत्री एनआरएन बनाउन पहल गर्नेछु ।’ कंडेल भन्छन् ।
कँडेलले मध्यपुर्वका देशहरुमा नेपालीबाट नेपाली माथि नै हुने दलाल प्रवृतीलाई निरुत्साहित गर्ने पहिलो प्राथमिकता भएको बताउँदै मध्यपुर्वका नेपालीहरुका लागी ‘हजारे अभियान’ सुरक्षित भविष्यको सम्भाबना भएको समेत बताएका छन् । उनले उक्त महान अभियानको तर्जुमाका लागि पहलगर्दै कार्यन्वयन पक्षलाई छरितो बनाउनको लागि नेपाल सरकार र एनआएरन भित्रै दबाब सिर्जना गर्ने समेत बताएका छन् ।
कंडेलले मध्यपूर्वका एनसीसीसंग समन्वयगर्दै प्रचार–प्रसार एवं विविध प्रकृतिका कार्यक्रमको तर्जुमा गर्न नेपाल पर्यटन बोर्डसंग समबन्ध सेतु स्थापित गर्ने घोषणा समेत गरेका छन् ।
युएइमा पत्रकार सम्मेलन गर्दै उपसंयोजकमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका कंडेल बागलुङको काँठेखोला गाँउपालीका ६ लामखुमका हुन् । सन २००४ देखी रोजगारीको क्रममा यूएईमा रहेका कँडेल बाग्लुङ सेवा समाज युएईको संस्थापक अध्यक्ष समेत हुन ।