back

विमानस्थल सुरक्षालाई  प्रभावकारी बनाउन सम्बद्ध निकायमा निर्देशन

वि.सं.२०७४ असोज १९ बिहीवार

645 

shares
IME Limited
NTC AD

१९ असोज, पोखरा  ।  प्रदेश नं ४ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले विमानस्थल सुरक्षालाई प्रभावकारी बनाउन सम्बद्ध निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

विमानस्थल सुरक्षा गार्ड पोखराको बुधबार निरीक्षण तथा अवलोकनका क्रममा उहाँले विमानस्थल जस्तो संवेदनशील स्थानको सुरक्षा सुव्यवस्था कायम राख्न उच्च सतर्कताका साथ चुस्तदुरुस्त रुपमा प्रहरी परिचालन गरी सेवाग्राहीलाई सुरक्षित महसुस हुने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभयो ।

उहाँले विमानस्थलमा रहेका सम्पूर्ण कक्षका साथै सुरक्षा सतर्कताका लागि जडान गरिएका स्रोतसाधनको निरीक्षण गर्दै विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीको कार्यालय, ब्यारेक, मेशलगायतको निरीक्षण गर्नुभयो ।

उहाँले विमानस्थल विभिन्न देशका नागरिकको आवागमन हुने प्रमुख स्थानसमेत भएकाले यसमा विभिन्न आपराधिक क्रियाकलापसमेत हुनसक्ने बताउँदै यसप्रति सधैँ चनाखो रहनसमेत निर्देशन दिनुभयो ।

निरीक्षण कार्यक्रममा संघीय एकाइ प्रहरी कार्यालय, गण्डकीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतम, ४ नं प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरलगायतका प्रहरी अधिकृतको उपस्थिति थियो ।

वि.सं.२०७४ असोज १९ बिहीवार ०३:२६ मा प्रकाशित

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

स्याङ्जा । फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण...

बजेट सन्तुलित हुनुपर्नेमा पूर्वअर्थमन्त्री शर्माको जोड

बजेट सन्तुलित हुनुपर्नेमा पूर्वअर्थमन्त्री शर्माको जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)...

आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

काठमाडौँ । सरकारले आयोडिनयुक्त नूनको आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई प्रवेश...

धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु

धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु

महेन्द्रनगर (धनुषा) । धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय...

प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले...

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट...