back

लम्जुङ एमालेबाट प्रदेश सभाका लागि छजना सिफारिस

वि.सं.२०७४ असोज १९ बिहीवार

702 

shares

logo-uml

१९ असोज, बेसीशहर, लमजुङ । आसन्न प्रदेश सभा निर्वाचनका लागि नेकपा ९एमाले० लमजुङबाट छजनाको नाम सिफारिस भएको छ ।

एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बुधबार बसेको बैठकले सुझावसहित दुई निर्वाचन क्षेत्रका लागि छजनाको नाम जिल्ला कमिटीमा पेश गरेको हो ।

एमाले लमजुङका अनुसार निर्वाचन क्षेत्र नं १ बाट जिल्ला अध्यक्ष धनञ्जय दवाडी, भीमबहादुर गुरुङ र विष्णुमाया गुरुङलाई प्रदेशसभाको उम्मेदवार बनाउन सिफारिस गरेको छ । यस्तै, क्षेत्र नं २ बाट जिल्ला सचिव कृष्णप्रसाद अधिकारी, डा भीष्मनाथ अधिकारी र सीता गुरुङको नाम सिफारिस गरेको छ ।

कमिटीले सुझावसहित पेश गरेको नामावलीलाई २० गते जिल्ला कमिटीको बैठकमा छलफल गरी प्रदेश कमिटीमा सिफारिस गरिने जिल्ला अध्यक्ष धनञ्जय दवाडीले बताउनुभयो ।

जिल्ला कमिटीको बैठकले प्रतिनिधि सभा र प्रदेशतर्फका समानुपातिक उम्मेदवारका आकांक्षी छनोट गरी प्रदेश कमिटीमा सुझावसहित पेश गर्ने अध्यक्ष दवाडीले बताउनुभयो ।

वि.सं.२०७४ असोज १९ बिहीवार ०६:५५ मा प्रकाशित

Himalayan Life AD
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी । सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका...

एमाले महाधिवेशनः मतदान जारी

एमाले महाधिवेशनः मतदान जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ...

युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ

युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२...

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच...

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका–१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि...

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज (पर्सा) । एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप...