Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

वन्यजन्तुका कारण हैरान भएका पाल्पाली किसान कागती खेतीतर्फ



lemon-tree रामपुर, पाल्पा । अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गर्नुभएको छ ।

वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा सधैँ पीडा बोकेर बस्नुभएकी भण्डारीले अहिले कागती खेती शुरु गरेपछि अहिले उहाँ वन्यजन्तुको तनावबाट मुक्त हुनाका साथै राम्रो आम्दानी पनि गर्न थाल्नु भएको छ ।

भण्डारीले आजभन्दा चार वर्ष पहिले १० बोट कागतीबाट व्यवसाय शुरु गर्नुभएको हो । वर्षैपिच्छे व्यवसाय बढाउँदै गएपछि अहिले उहाँले बारीमा चार सय बोट कागती लगाउनुभएको र यसलाई बढाएर पाँच सय बोट पु¥याउने लक्ष्य लिनुभएको छ । भण्डारीले १५० बोट कागतीबाट झण्डै रू एक लाख ५० हजार बराबरको आम्दानी गरेको बताउनुभयो । घरबाटै प्रतिकेजी सयमा धमाधम कागती बिक्री भइरहँदा उहाँ आफँै व्यवसायमा दङ्ग पर्नुभएको छ । सबै बोट उत्पादनशील भएपछि वार्षिक रू २० लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

“विगतमा बारीभरि नै तरकारी, अन्नबाली, गेडागुडी लगायो, एक पाथी पनि स्याहार्नै पाइँदैनथ्यो, सबै बाँदर, दुम्सी, खरायो, मृगले खाएर सताउँथ्यो”, उहाँले भन्नुभयो, “बालीनाली लगाएपछि दिनरात बारीमै कुरेर बस्नुपथ्र्यो, अहिले कागती लगाएपछि वन्यजन्तुको डर पनि छैन आम्दानी पनि भइराखेको छ ।”
उहाँ मात्रै होइन गाउँका झण्डै २० कृषकले व्यावसायिकरूपमा कागती खेती शुरु गरेका छन् । कागतीको बजार मूल्य राम्रो भएपछि यहाँका कृषकले व्यावसायिकरूपमा कागती खेती शुरु गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले