back

के दिएका छैनन् नेपालीहरुले भारतलाई ?

वि.सं.२०७४ असोज १९ बिहीवार

195 

shares
NTC AD
Global IME AD

babu-rokaपुर्खादेखि लिएर अहिलेसम्म नेपालीहरुले भारतलाई दिएको योगदान भारतले नेपाललाई कहिल्यै फिर्ता दिन सक्ने हैसियत छैन् । न त त्यसको कदर अनि सम्माननै गरेको छ भारतले । भारतको विस्तारवादी नीतिले जति भारतमा कार्यरत नेपालीहरुलाई रुवाएको छ त्यति नै आक्रोशित पनि बनाएको छ । भारतले एउटा हातले लड्डु देखाउछ भने नदेख्ने गरेर अर्को हातमा तलवार ।

आज भारत र भारतीयहरु जुन अबस्थामा छन अथवा आफूलाई शक्तिसाली ठान्छन त्यो सबै हामी नेपालीहरुको देन हो र यसमा नेपालीहरुको ठूलो योगदान रहेको छ । चीन,पाकिस्तान र बंगलादेशहरुको सिमानामा २४ सै घण्टा आफ्नो जिउज्यान थाति राखेर भारतको रक्षा गरिरहेका छन । त्यति मात्रै होइन् हरेक घर कोठी अफिस दफ्तर फ्याक्ट्री कम्पनी आदि इत्यादिहरुमा नेपालीहरुको इमान्दारिता र विश्वासिलो कामले भारतीय हरु उभो लागेका हुन भन्दा फरक नपर्ला । सिमानामा गोर्खाली फौज घर कोठी फ्याक्ट्रिहरुमा चौकीदारको भूमिकामा आफ्नो कर्तब्य निभाइरहेका छन । जसको कारण भारतीयहरु आनन्दसँग निदाउन पाएका छन् ।

बदलामा भारतीयहरुले नेपालीहरुलाई हेर्ने दृष्टिकोण बेग्लै छ नेपालीहरुमाथि तुच्छ ब्यबहार गर्ने उनीहरुको हेपाहापनले हामी नेपालीहरुलाई अझै आक्रोश बनाएको छ तरपनि चुपचाप उनीहरुको दमन र शोषणको शिकार बनेका छौ । यसकारण नेपाली राजनेताहरुको फितलो राजनीति जुन राजनीतिलाई अहिलेका नेताहरुले कमाइ खाने भाँडो बनाएका छन् ।

हामि भारतको बिरुद्द फेसबुकको भित्तामा नारा जुलुश खुब लगाउछौ, बिरोध जताउछौ, खबरदारी गर्दै ठूला–ठूला धम्किपनि दिने गर्छौ । तर, त्यसलाई हकिकतमा उतार्न कसैको हिम्मत जागेको छैन । रातारात सिमानाका पिल्लरहरु सरेको सर्यै छन् । सीमानामा बस्ने नेपालीहरु डर अनि त्रास मा बाँचिरहेका छन् हामि उनीहरुको दमन बिरुद्द बोल्न अनि रोक्न सक्दैनौ किन ? किनकि भारत बिना नेपालीहरुको केहिपनि चल्दैन ? आफूसंग भएका जग्गा जमिनलाइ प्लटिङ्गमा सक्दै छौं युवा शक्तिलाई विदेश पठाएका छौ अनि बालबालिका र बुढाबुढिले बन्छ त देश ?

भारतलाई पश्चिमको कांगडा अनि पूर्वमा टिस्टा पनि दियौ गोर्खाली शैनिक दियौ लेवर पनि दियौ, कानमा तेल हालेर बसेका छौं हातमा दहि जमाएर बसेका छौं । सामान्य जनतादेखि लिएर नेता गोतासम्मका ब्यक्तिहरुले उनीहरुको तलुवा चाटेर बसेका छौं यो भन्दा पनि अरु के दिनु प¥यो र ? अब जति बचेको भू–भाग छ र नेपाल देशलाई भारतको स्टेट बनाउन दिन बाँकी छ यस्तो गल्ति कहिलल्यै नहोस् ।
स्मरण रहोस हामीहरु कुनैपनि नेपालीले आफ्नो ब्यक्तिगत स्वार्थको लागि आफ्नो पहिचान नै मेटिने गरि सिंगो देशलाई दाउमा नलगाऔं । अब हामीले दिने होइन् लिने हो पहिचान सहित खोशिएका लुटिएका ति हाम्रा भू–भागहरु ।

अन्तमा भारतीयहरुले पनि नेपाली र नेपालीहरुले गरेको कार्यलाई सम्मान गरोस ताकी दुवै देश र जनता बीच सम्बन्ध सधै प्रगाढ बनोस् । जिन्दावाद र मुर्दावाद देखेस र पखेस नबनोस् ।

लेखक ः नेपाल पत्रकार महासंघ भारतका संस्थापक सदस्य र नेपाली देशभक्त आवाजका संस्थापक प्रतिनिधि पनि हुन ।

वि.सं.२०७४ असोज १९ बिहीवार ०७:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD