back

घरेलु कामदारका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

वि.सं.२०७४ असोज १९ बिहीवार

249 

shares
NTC AD
Global IME AD

omanओमान । अनेकतामा एकता सन्देश दिंदै प्रवासमा रहेर विभिन्न समस्याहरुको समाधान तथा दिन दुखी मजदुरहरुका हक हितको लागि सदा सर्वदा अग्रसर रहदै आएको संस्था ओमान नेपाली एकता समाजले गत मंगलवार प्रधानमन्त्री शेर बहादुर देउवा लाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई सम्बोधन गर्न अमेरिका पुगेर फर्कने क्रम मा प्रधानमन्त्री देउवा लगाएत उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा, श्रम मन्त्री फरमुल्लाह मन्सुर एबम महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोईराला सहित भ्रमण दलका सदस्यहरू तिनदिनको औपचारिक भ्रमणका क्रममा उक्त ज्ञापनपत्र बुझाइएको हो ।
विभिन्न खाडी मुलुक र अफ्रीकी मुलुकका राजदुतहरुको पनि उपस्थिति रहेको उक्त स्थानीय संघसंस्था सँगको परिचयात्मक एबंम भेटघाट कार्यक्रममा प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाईएको हो ।
ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष छबिलाल बस्नेत द्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा भनिएको छ । नेपाल सरकारले हालै मात्र खाडी मुलुकमा कामदारको रुपमा कार्यरत महिला कामदारहरु स्वदेश गएर फर्किंदा आवश्यक श्रम स्वीकृति दिन रोक लगाएको प्रति चिन्ता ब्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।
नया आउनेलाइ कडाई गर्नु राम्रो भएता पनि पुन फर्किनेहरुलाई रोक लगाउनु वा सहज रुपमा श्रम स्वीकृति उपलब्ध नगराउनुले महिला हरु पिडामा परेको उल्लेख गरिएको छ ।
घरेलु कामदार को रुपमा खाडीमा आएका महिलाहरुको हकमा बिगतमा नेपाल सरकारले जस्तोसुकै नितिनियम लागू गरेतापनी महिलाहरुको समस्यामा कुनै कमि नदेखिएको र पछिल्लो समयमा अबैधानिक बाटो हुँदै सेटिङ मार्फत श्रीलंका , दुबई, कतार, कुबेत र भारत हुँदै मोटो रकम असुली गर्दै दलालहरु ले हाल ओमानमा समेत बेचबिखन गर्दै आएको भन्दै यसको निम्ति सरकारले कडा कदम चाल्न आग्रह गरेको छ । ज्ञापन पत्रमा भनिएको छ लाखौ संख्यामा नेपाली कामदारहरु बिदेशमा रहेको अवगत गराउदै नेपालमा हुने हरेक प्रकारका चुनावमा बिदेशका नेपालीहरुलाई सम्बन्धित देशहरुबाटै मताधिकार प्रयोग गर्न पाउने बाताबरण बनाई प्रतिनिधित्व को सुनिस्चित गर्न समेत माग गरेको छ ।
खाडी मुलुकमा फ्री भिषा फ्री टिकट को ब्यवस्था अबिलम्ब गर्नुपर्ने मा जोड दिदै प्रवासमा रहने नेपालीहरु गैर आवासिय नेपाली भन्ने नेपालको संविधान २०६४ को खण्ड ५७ अतिरिक्ताङ्क ३१ नेपाल राजपत्र भाग २ २०६४र५र१० परिभाषा २ को (क ) मा परिभाषित बुदा हटाउनुपर्ने भन्दै ओमानमा विभिन्न समस्यामा परेर पीडा खेपिरहेका नेपाली महिला वा पुरुष लाई सुरक्षित तरिकाले राख्ने आश्रय स्थल को ब्यवस्था मिलाउन अनुरोध गरेको छ । बिदेशबाट फर्किएका नेपालीहरुलाई श्रम स्वीकृति बितरण कार्य काठमाडौ बाट मात्र नभई प्रत्येक जिल्ला सदरमुकाम र बिदेश स्थित नेपाली कुटनीतिक नियोगमार्फत सन्चालन गरि सहज रुपमा बितरण गर्न समेत सरकारलाई आग्रह गरेको छ । उक्त पत्रमा भनिएको छ नेपाल र ओमान बिच श्रम सम्झौता भएकोमा ऐक्यबद्धता जनाउदै बिदेशमा आउने र त्यहाँ रहेका नेपालीहरुको तलब सम्बन्धित देशको मुल्यबृद्दी संगै तलब निर्धारण गर्न पनि ज्ञापनपत्रमा प्रधानमन्त्री देउवा लाई निवेदन गरिएको छ ।

वि.सं.२०७४ असोज १९ बिहीवार ०८:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...