Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रकविलाई साहित्य चौतारीको सम्मान



samman१९ असोज, काठमाडौँ । साहित्य चौतारी (झापा) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज यहाँ अभिनन्दन ग¥यो ।

राष्ट्रकवि घिमिरेको लैनचौरस्थित निवासमा पुगेर सो संस्थाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’ सहितका साहित्यकारले अभिनन्दन गर्नुभएको हो । कवि घिमिरेको ९९औँ जन्म वर्ष र विजयादशमीको कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजित कार्यक्रममा उहाँले उपस्थित स्रष्टा र सञ्चारकर्मीलाई टीका लगाई आशीर्वाद दिनुभएको थियो ।

राष्ट्रकवि घिमिरेले टाढादेखि साथीहरु आएर पूर्णिमाको दिनमा यस्तो कार्यक्रम राखेकामा आफ्नो आँगन मंगल भएको र आफू रोमाञ्चित भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रकविका केही लोकप्रिय गीत र कविता वाचन गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घिमिरेका रचनाले राष्ट्रिय भावनाको आवाज बोकेको र यो उमेरमा पनि उहाँको सक्रियताले साहित्य क्षेत्रले गौरवबोध गरिरहेको बताउनुभयो । उहाँले कविवरको शताब्दी जन्मोत्सवलाई वर्षभरि मनाउन विभिन्न कार्यक्रम गरिने जानकारी दिनुभयो ।

झापामा विसं २०५६ मा स्थापित सो संस्थाको राष्ट्रकवि घिमिरेले नै उद्घाटन गर्नुभएको थियो ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन