back

को को छन त पाँचथर कांग्रेसले सिफारीस गरेका उम्मेदवारहरु ?

वि.सं.२०७४ असोज १९ बिहीवार

360 

shares
NTC AD
Global IME AD

congresh-flag१९ असोज, पाँचथर । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि नेपाली काँग्रेस पाँचथरले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सांसदको आकांक्षीमा दुईजना पत्रकारको नामसमेत पार्टीले सिफारिस गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकले राष्ट्रियसभाका लागि पार्टीका आदिवासी विभाग प्रमुख भीष्मराज आङ्देम्बे, महासमिति सदस्य मित्रप्रसाद काफ्ले र महाधिवेशन प्रतिनिधि डिकेन्द्र चेम्जोङको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं १ बाट बालकृष्ण ओझा, लवदेव ढुंगाना, नरेन्द्रकुमार केरुङ, रूपनारायण जबेगुको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ बाट सुरेन्द्रकुमार दाहाल, वीरेन्द्रकुमार खड्का, सूर्यकुमारी नेम्वाङ, धर्मेन्द्रविक्रम नेम्वाङ, खड्गसुन्दर लावतीलगायत छजनाको नाम सिफारिस गरिएको छ ।

उक्त बैठकले राष्ट्रसभामा समानुपातिकतर्फ पूर्णकुमार शेर्मा, दीपकप्रकाश बाँस्कोटा, चन्द्रकला केरुङ र कृष्णकुमारी खतिवडाको नाम सिफारिस गरेको छ । प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ बाट अम्बिका न्यौपाने, हरिप्रसाद ओझा, मधु जबेगु, पूर्णबहादूर नेपाली, विश्वराज योङ्या, यज्ञ भट्टराई, छवि बाँस्कोटा, सुरेन्द्र तिम्सिना, नारायण कोइराला, जयप्रसाद रिजाललगायत १४ जनाको नाम चयन गरेको छ ।
क्षेत्र नं २ बाट समानुपातिकतर्फ हरिराज आङ्दम्बे, धनेन्द्र चेम्जोङ, रामराज आङ्दम्बे, गंंगामाया आङ्दम्बे, आशा आङ्दम्बे, नीरबहदुर धमला र वीपेन्द्र गौतमको नाम सिफारिस भएको छ ।

आकांक्षीमध्ये प्रदेशसभा प्रत्यक्षतर्फका लवदेव ढुंगाना र क्षेत्र नं २ बाट समानुपातिकतर्फका वीपेन्द्र गौतम पत्रकार हुन् ।

त्यस्तै नेकपा (एमाले) पाँचथरले प्रतिनिधिसभाका लागि प्रत्यक्षबाट पूर्व सांसद तथा एमाले जलस्रोत तथा ऊर्जा विभाग सचिव वसन्तकुमार नेम्वाङ र समानुपातिकतर्फ केन्द्रीय सदस्य पूर्व सामान्य प्रशासन मन्त्री डम्बरसिं सम्बाहाम्फेको नाम सर्वसम्मतरूपमा छनोट गरिएको जनाएको छ ।

त्यसैगरी प्रदेशसभाका लागि क्षेत्रीय कमिटीबाट सिफारिस भएका आकांक्षीको नाम नै जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको बताइएको छ । आकांक्षीहरुको टुंगो लगाउन नसकिएपछि दुईवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फबाट पाँच–पाँचजनाको नाम सिफारिस गरिएको पार्टीका जिल्ला सचिव तिवेन्द्र चापागार्इंले बताउनुभयो ।
सिफारिस भएका भध्ये प्रदेशसभाका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ एमाले सल्लाहकार परिषद् सदस्य तथा सांसद गणेशकुमार काम्वाङ, पार्टीका पूर्व उपसचिव थुमनाथ चापागार्इं, जिल्ला सचिव तिवेन्द्रराज चापागाईं, जिल्ला सचिवालय सदस्य महेन्द्र थाम्सुहाङ र भवानी लिङ्देन छन् भने क्षेत्र नं १ बाट समानुपातिकतर्फ उपेन्द्र दंगाल, आशारत्न जबेगु, वीरदल राई, सुदर्शन थापा, कमल जबेगुको नाम सिफारिस भएको चापागार्इंले बताउनुभयो ।

यस्तै क्षेत्र नं २ मा प्रत्यक्षतर्फ कृष्ण आङ्देम्बे, नरेन्द्र बस्नेत, मेघराज घिमिरे, गंगा चेम्जोङ र छवि लावती छन् भने समानुपातिकतर्फ गोविन्द तामाङ, नरबहादुर खड्का, ड्राइभरसिं महरा, करुणा राई र सन्त राईको नाम सिफारिस भएका बताइएको छ ।

पाँचथरबाट यसअघि माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाइसकेको छ । जसमा संघतर्फ श्रीप्रसाद जबेगु, पाँचथरको क्षेत्र नं ‘क’ बाट हर्क नेम्वाङ मिक्सो र ‘ख’ बाट इन्द्र आङ्बो मौसमको नाम केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।

वि.सं.२०७४ असोज १९ बिहीवार ११:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई...

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...