Logo
२१ माघ २०७९, शनिबार
     Sat Feb 4 2023
E-paper
  English Edition
   Unicode
Logo

पर्वतबाट काँग्रेसले ६७ जनाको नाम सिफारिस ग¥यो, को–को छन त सिफारीस पर्नेमा ?



२० असोज, फलेवास, पर्वत । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस पर्वतले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ ।

तीन÷तीन जनाको नाम छनौट गर्नुपर्नेमा त्यो गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत गरेका सबै आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले जानकारी दिनुभयो ।

असोज १७ गतेसम्म उम्मेदवारको नामावली सिफारिस गर्न केन्द्रीय समितिले जिल्ला समितिलाई परिपत्र गरेको भएपनि सहमति हुन नसकेपछि विहिबार बिहान मात्र आकांक्षी ६७ जनाको नाम केन्द्रीय समितिमा पठाइएको भुसालले जानकारी दिनुभयो ।

केन्द्रीय समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फ एक महिलासहित तीन÷तीन जना सम्भावितको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । तोकिएको भन्दा तीन गुणाबढी नेताले दाबी गरेपछि सहमति हुन नसकेको नेपाली काँग्रेस पर्वतका सचिब विश्वप्रकाश प्रसाईंले जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

संगम संगीत,महालक्ष्मी न.पा- ४ चानुवा,धनकुटा । नेपालीहरुको अस्तित्वनै धरापमा राखेर हाम्रा खोलानाला,नदीलाई बिदेशीको सामु

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको