Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

सोलमा साहित्य महोत्सव सम्पन्न



sahitiyek-mela-in-soulनेपाली साहित्य समाज दक्षिण कोरियाको आयोजनामा बृहत साहित्यिक महोत्सव सम्पन्न भएको छ।नेपालको बडादशैँ र कोरियाको ठूलो पर्व छुसकको अवसरमा अक्टोबर ३ तारेखको दिन भएको उक्त महोत्सवको प्रमुख अतिथी एआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुङ, विशेष अतिथि एनसीसी अध्यक्ष अन्जु केसि, अतिथिहरू राजनितिकर्मी यूवानेता तथा कवि/साहित्यकार मिलनकान्छा किराँती,कवि पराजित पोमु,सङ्गीतकार डिआर अटुलगायत थुप्रै सङ्घ-सङ्स्थाबाट उपस्थित रहनुभएको थियो।

‘यूग र जगतको प्रतिबिम्ब;साहित्य’ नारा दिईएको उक्त समारोहको कविता बहशमा मिलनकान्छा किराती, पराजित पोमू, प्रमोद सारंगले बृहत बहस गर्नुभयो भने यसको सहजिकरण अन्जान काईलाद्वारा गरिएको थियो। त्यसैगरी राम कँडेल “अधिश” र देव सागरले गजलको समसामयिक बिबादहरुको बिसयमा ब्यापक छलफल चलाउनुभयो भने यसको सहजीकरण सरोज सर्वहाराद्वारा गरियो। त्यस्तै कार्यक्रमको अर्को चरणमा मुक्तकको बिसयमा सन्जय घिमिरेको सहजिकरणसँगै बिष्णु वाग्ले र सन्तोस अम्गाईले ब्यापक बहस गर्नुभयो। कार्यक्रममा तिनवटा पुस्तकको लोकार्पण तथा दश जना स्रस्टाहरुको सम्मान पनि गरिएको थियो। प्रवासमा रहेर पनि नेपाली साहित्य विकासमा टेवा दिनको निम्ती साहित्यका बिबिध बिसयमा/बिधामा छलफल चलाउदा नव सवसर्जकहरु लाभान्वित हुन सक्ने भन्दै यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गरिने कुरा सभापती एवं आयोजक संस्थाका अध्यक्ष यल्जी विवशद्वारा जानकारी गराईयो।

करिब डेढ सय स्रस्टाहरुको उपस्थितिमा सम्पन्न समारोहमा सम्मानित हुने स्रस्टाहरुमा क्रमस:- प्रमोद सारङ, मिलनकान्छा किराती,पराजित पोमु, जिवन खत्री,बोनम प्रताप,कृस गुल्मेली बाबु, मन्जु गुरुङ, कोरियन कवि कोम ह्यङ ह्यो, धरती कल्पना र डि आर अटु रहनुभएको छ। कार्यक्रममा करिव तीन दर्जन बढी सर्जकहरुले रचनावाचन गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट