Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

वाम एकता समयको आवश्यकता –किराती



bam-yekata-in-soul
एमाले, माओवादी केन्द्र र नयाँशक्ति बीचको वाम गठबन्धन समयको माग रहेको नयाँ शक्तिका युवा नेता मिलनकान्छा किरातीले बताएका छन । नयाँशक्ति पार्टीनिकट अन्राष्ट्रिय नेपाली समाज कोरियाद्धारा आयोजित बडादशै, शुभदिपावली, नयाँ नेपाल सम्वत, छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम तथा वृहत भेलालाई सम्वोधन गर्दै उनले वाम एकता युगको आवश्यक्ता रहेकोले वाम गठबन्धन चुनावी तालमेल, वृहत ध्रुवीकरण र एकताको खबरले कोही पनि तरङ्गित हुन जरुरी नरहेको धारणा राखेका हुन ।
पार्टीका केन्द्रीय साँस्कृतिक विभाग सदस्यसमेत रहेका उनले मुलुकमा सामाजिक समानता र समृद्धिको द्रुतत्तर गति पैदा गर्न मूख्यात दुईपार्टी वाम र प्रजातान्त्रिक निर्माण हुनुपर्ने र एकले अर्कालाई शिष्ट र सम्मानित व्यावहार गर्नुपर्ने औल्याए ।
उक्त कार्यक्रममा सङ्घीय परिषद सदस्य हेमन्त पुन, समाजका सल्लाहकार सदस्य सीपी ओली, सरोज ढकाल, सुरेन्द्र बजगाई, नारायणी घर्ती मगरलगायतले शुभकामना मन्तव्यसहित आ–आफ्नो धारण राखेका थिए । समाजका महासचिव पिटरकुमार श्रेष्ठद्धारा सञ्चालित उक्त कार्यक्रमका सभापतित्व समाजका वर्तमान अध्यक्ष रमेश उप्रेतीले गरेका थिए ।


-->

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी