Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

तलैबाट खारिएर बुझेर आएको ब्यक्ति नेतृत्वमा आउनु पर्छ



Tashi-W.-Lama

टासी वांदी लामा, अध्यक्ष, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान

नेतृत्व गर्ने भनेको अभियान बुझेको र गर्न सक्ने क्षमतावान ब्यक्ति हुनु पर्छ । प्रवासीको समस्या र समाधान सहित आफ्नो धारणा र भिजन प्रष्ट भएको ब्यक्ति अवको आवस्यकता हो । तलैबाट खारिएर बुझेर आएको ब्यक्ति नेतृत्वमा आउनु पर्छ।

अहिले पनि एनआरएनए सबैको छाता भन्दा साझा सस्था हो, आफ्नो अनुकुल जस्तो भए साझा भन्ने आफ्नो प्रतिकूल भए साझा सस्था भएन भन्ने मानसिकता अन्त्य हुनु पर्छ ।

 नयाँ कार्यसमितिको जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भएको छ, कस्तो अनुभव भएको छ ?

मेरो ज़िम्मेवारी थपिएको महसुस गरेको छु, यसमा सबै अभियान्ताहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु । म एनआरएनए अभियानमा जुन समय देखि प्रेरित भए अत्यन्त जिम्मेवारी ढंगले कार्य सम्पादन गर्दै संघलाई नजिक बाट चिन्ने अवसर पनि पाएँ । मेरो कार्यकालमा कार्यसम्पादन र एनआरएनए को बिधि र बिधान अनुरुप कार्यक्षेत्राधिकार भित्र रहेर सबै सरोकारवाला संग समन्वय गर्दै नेपाली एकता र सद्भावलाई उच्चका साथ आत्मसाथ गर्दै लक्ष्य पुरा गर्ने छु।

यहाँले आफ्नो कार्यकालको भावि योजना तथा कार्यक्रम के बनाउनु भएको छ ?

आईसिसिको ग्लोवल सम्मेलनको लागि पनि तयारी गर्नु पर्ने र कमिटिले पनि पुर्णता नपाईसकेको अवस्था छ । हामि अन्तराष्ट्रीय सम्मेलन पच्छात छिट्टै हाम्रा भावि योजनाहरु सार्वजनिक गर्ने छौ। लगभग हामि अन्तिम चरणमा छौं । गत कार्यकालका राम्रा काम र अपुर्ण कामहरु हामि पुरा पनि गर्छौ र नयॉ योजना लाई टेवा दिन २१ बुदे आचारसंहिता पनि लागु गरिसकेका छौ । साथै अवका दिनहरुमा कसरी जान सकिन्छ भन्ने सोचका साथ समाजका अगुवा तथा अग्रज संग राय सल्लाह लिने काम पनि गरि सकेका छौं र अझै पनि सल्लाह लिने क्रममा छौं । हामि केहि पृथक तरिकाको योजना ल्याउने तयारीमा छौं जसको लागि केहि समय धर्य गर्नु पर्ने हुन्छ।सिमित श्रोत र साधनबाट अधिकतम् परिणाम मुखि राष्ट्रीय अन्तराष्ट्रीय योजनाहरुमा हाम्रो नज़र जाने छ।

एनआरएनएको आठौँ विश्व सम्मेलनले कस्तो नेतृत्व चयन गरोस् भन्ने ठान्नुहुन्छ ?

हामि चाहान्छौ नेतृत्व गर्ने भनेको अभियान बुझेको र क्षमतावान ब्यक्ति हुनु पर्छ । प्रवासीको समस्या र समाधान सहित आफ्नो धारणा र भिजन प्रष्ट भएको ब्यक्ति अवको आवस्यकता हो । तलैबाट खारिएर बुझेर आएको ब्यक्ति नेतृत्वमा आउनु पर्छ। हामि चाहन्छौ प्रवासीहरुको यथार्त समस्यालाई पनि संवोधन गर्ने र नेपाल सरकारलाई पनि प्रवासीका मुद्धा र समस्याको पहिचान गरि दबाब दिन सक्ने सक्षम नेतृत्व आजको आवस्यकता हो ।

एनआरएनएलाई सम्पूर्ण प्रवासी नेपालीको संस्था बनाउन नयाँ नेतृत्वले केमा ध्यान दिनु पर्ला ?

म त भन्छु अहिले पनि एनआरएनए सबैको छाता भन्दा साझा सस्था हो, आफ्नो अनुकुल जस्तो भए साझा भन्ने आफ्नो प्रतिकूल भए साझा सस्था भएन भन्ने मानसिकता अन्त्य हुनु पर्छ । म नेतृत्वमा रहदै अझै प्रभावकारी ढंगले सबैलाई समेट्ने छु र ग़लत प्रबुद्धि हावि हुन दिने छैन । हामि नेपाली एकता र सद्भावलाई क़ायम राख्दै “नेपालीका लागि नेपाली”भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै बिधि र बिधानलाई आत्मसाथ गर्दै सबैलाई एकक्रित गर्दै लैजाने छु। हामि समस्याको पहिचान गरि समाधानको खोजिमा छौ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । पेसागत महासङ्घ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई २५ वुँदे ज्ञापनपत्र बुझाएको छ ।

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा