Logo
२० मंसिर २०७९, मंगलवार
     Tue Dec 6 2022
E-paper
  English Edition
   Unicode
Logo

एक वर्षमा एघार हजार पर्यटक कोशी टप्पु पुगे



koshi-tappuइनरुवा पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन् ।

सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७३÷०७४ मा सो संख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो ।

आरक्षमा एक वर्षको अवधिमा नेपाली पर्यटक ११ हजार दुई जना, सार्क मुल्कका ५४ र विदेशी मुलुकका १९६ गरी जम्ममा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेको संरक्षण अधिकृत साहले बताउनुभयो ।

आरक्षमा सबैभन्दा बढी वैशाख महिनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम पुस महिनामा पर्यटक आएको तथ्यांकले देखाएको छ । आरक्षमा वैशाखमा एक हजार ८७४ जना पर्यटक आएको छ भने पुस महिनामा १२३ जना पर्यटक आएको छ ।

आरक्षमा आवलोकन गरेको पर्यटकबाट सोही आर्थिक वर्षमा रु सात लाख ८५ हजार १०० राजस्व संकलन भएको आरक्षले जनाएको छ ।

आरक्षमा रहेको विभिन्न किसिमका चराचुरुङ्गी, अर्ना, हात्तीलगायतका जंगली जनावरको अवलोकन गर्नका लागि पर्यटक आउने गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

२०७९ मंसिर १६ गते बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र आन्तरिक विवाद बढ्न थालेको छ । निर्वाचनको नतिजासँगै एसभित्र

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण